site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुर्गेश थापाले युट्युबबाट हटाए ‘ह्यापी तिहार चिसो बियर’  
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत युट्युबाट हटाएका छन् । उनको गीतले समाजमा विकृति फैल्याउन मद्दत गरेको भन्द्र प्रहरीमा उजुरी परेपछि उनले गीत हटाएका हुन् । आफ्नै युट्युब च्यानलबाट अपलोड गरेको गीत अहिले दुर्गेशको च्यानलबाट हटाइसकिएको छ । 

उजुरी परेपछि दुर्गेशलाई आज मध्यान्ह प्रहरीले पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट उनलाई पक्राउ गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि आज विहान उनले गीतमा रहेका केही शब्द र सिन हटाएर राख्ने अथवा पूरै हटाउने त्यसबारे आफूले सल्लाह गरिरहेको बताएका थिए । 

उनले आफ्नो च्यानलबाट गीत हटाए पनि उनको अनुमति विना विभिन्न व्यक्तिले राखेका उक्त गीतको भिडियो भने युट्युबमा भेटिन्छ । 

Global Ime bank

उनले काम गर्ने क्रममा केही गल्ती भएको स्वीकार गरेका थिए । 

उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियर सँगै गाँजा लगायत शब्द समेटिएपछि सामाजिक मूल्य मान्यता विपरितको गीत भन्दै चर्को आलोचना हुँदै आएको थियो ।  

तीजमा उनले निकालेको ‘बीच्च बीचमा’ बोलको गीत लोकप्रिय भएको थियो । उक्त गीत लोकप्रिय भएपछि अहिले प्रदर्शनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ले सोही लय र शैलीमा प्रचारका लागि दुर्गेशलाई गीत र भिडियो बनाउन लगाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC