देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको सिस्नेखोलाबाट काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास गरेका छन् । सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन पनि जापान सरकारले गरेको हो ।
काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । यो सुरूङ करिब १५ अर्ब २५ करोडको लागतमा बन्ने बताइएको छ ।
यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६ १५:४६
प्रतिक्रिया दिनुहोस्