site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ज्योतिको उत्कृष्ट प्रदर्शनमा विराटनगरको शानदार सुरुआत
Sarbottam CementSarbottam Cement

काठमाडौं । ज्योति पाण्डेको उत्कृष्ट प्रदर्शनमा प्रेरित विराटनगर टाइटन्सले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।

आफनो पहिलो खेलमा ललितपुर फाल्कोन्समाथि ४ विकेटको जित निकाल्दै विराटनगर टाइटन्सले शानदार सुरुआत गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

१ सय २३ रनको लक्ष्य पच्छाउँदै जवाफी ब्याटिङ थालेको विराटनगरले १६ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । टाइटन्सको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ६५ रन बनाइन् । ४३ .बलको सामना गरेकी ज्योतिले १० चौका र १ छक्का प्रहार गरिन् ।

सोनु खड्काले २४ रनको योगदान दिइन् । कप्तान सरीता मगर ४ रनमा पवेलियन फर्किदाँ अस्मीना कर्माचार्यले १२ रन बनाइन् । लक्ष्मी चौधरीले खाता नै खोल्न नसक्दा डोली भट्टले २,आरती विडारी र एसोदा बिष्टले १-१ रन जोडे । ललितपुरका लागि सम्झना खड्काले २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

Global Ime bank

यसअघि पहिला ब्याटिङ गरेको ललितपुर फाल्कोन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रन बनाएकी थिइन् ।

करुणा भण्डारीले २३ रनको योगदान दिँदा कृति सेन र सम्झना खड्काले अविजित १३-१३ रन बनाए । शान्ती चौधरी र रोशनी बोहराले ९-९ रन बनाउँदा कप्तान नेरी थापा ४ रनमा आउट भएकी थिइन् । सरीता मगर र कविता जोशीले १-१ रन बनाएका थिए । विराटनगर टाइटन्सका लागि आरती विडारी र सवनम राइले १-१ विकेट लिए ।

विजय सुरुआत गरेको विराटनगर टाइटन्सले भोली बिहान दोस्रो खेलमा पोखरा पल्टनको सामना गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC