site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
 राष्ट्रपति सीको सफल भ्रमण ! 
Sarbottam CementSarbottam Cement

नेपालको दुई दिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गरी चीनका राष्ट्रपति सी जिनपिङ भर्खरै स्वदेश फर्के । एक्काइसौं शताब्दीमा नेपालको भ्रमणमा आउने सी पहिला चिनियाँ राष्ट्रपति हुन् । यसभन्दा पहिले राष्ट्रपति सीका पूर्ववर्ती राष्ट्रपति जियाङ जेमिन सन् १९९६ मा नेपाल भ्रमणमा आएका थिए । विश्व परिदृश्यमा उतिबेला भन्दा अहिले चीन धेरै अगाडि आएको छ । यसैगरी नेपालको चीनसँगको निकटता पनि दुई दशकअघिका तुलनामा धेरै बढेको छ । विशेषगरी २०७२ सालको भूकम्पले थिलथिलो भएको नेपालमाथि भारतले राजनीतिक आग्रह राखेर नाकाबन्दी लगाएपछि नेपालीहरूको ध्यान चीनतर्फ गएको हो । बितेका ४ वर्षमा नेपाल र चीनबीचको सहयोग र सम्बन्ध निरन्तर निकट हुँदै गएको छ । त्यही सम्बन्धलाई राष्ट्रपति सीको भ्रमणले थप सुदृढ बनाएको छ । 

नेपाल र चीन सरकारबीच २० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भावना अध्ययन, टोखा–छहरे तथा बेत्रावती – स्याप्रुबेसी सुरुङ माग निर्माणलगायत समावेश भएका छन् । यी सम्झौता र समझदारीहरूबाट भौतिक पूर्वाधारमा ठोस प्रगति हुनुका साथै नेपालमा पर्यटक, चिनियाँ लगानी बढ्ने अपेक्षा राखिएको छ । तर, समझदारी वा सम्झौतामा हस्ताक्षर र चिनियाँ प्रयासले मात्र यस्ता योजना पूरा हुने हैनन् । नेपालको प्रशासन संयन्त्रले भने सहमति, सम्झौता, प्रतिबद्धताजस्ता विषयप्रति गम्भीर हुन जानेकै छैन । यसैले जनतालाई आशा देखाएअनुसार कार्यान्वयन सुनिश्चित गर्न पनि सरकारले विशेष ध्यान दिनु आवश्यक छ । राष्ट्रपति सीको भ्रमणका बेला भएका सबै सम्झौता कार्यान्वयन भएको देख्न पाइयोस् ! 

Prabhu Bank
Agni Group
NIC Asia

एउटै सम्झौता नभएको भए पनि राष्ट्रपति सीको भ्रमण अत्यन्त सफल र उपलब्धिपूर्ण मानिनसक्थ्यो । राष्ट्रपति सीले भनेजस्तै उनको भव्य स्वागत नेपाली सद्भावको परिचायक हो । हुन पनि नेपाली समाजको राष्ट्रपति सीप्रतिको धारणा अत्यन्त सकारात्मक र सद्भावपूर्ण रहेको छ । यसको उदाहरण सामाजिक सञ्जालमा पनि देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सामाजिक सञ्जालमा व्यक्त धारणा हेर्ने हो भने राष्ट्रपति सीप्रति नेपाली सद्भावको पुष्टि हुन्छ । सम्भवतः यसैलाई भारतीय सञ्चार माध्यम र बुद्धिजीवीहरूले नेपाल चीनसँग निकट भएको प्रमाण मान्दा होलान् । चीनप्रति नेपालीको सद्भाव प्रतिक्रियाको उपज हैन । भारतसँग भने विशेषगरी भुइँचालोका बेला गरेको नाकाबन्दीले दुखाएको चित्त अझै दुखेकै छ । सद्भाव आर्जन गर्ने उपाय भारतले चीनसँग सिके हुन्छ । 

नेपालीहरूको अभ्यास नभएर हो कि राष्ट्रपतिको स्तरबाटै दलगत संलग्नता देखाउनु भने सुहाएजस्तो नलाग्ने रहेछ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट चिनियाँ समकक्षीको प्रशंसा गर्दा ‘सी विचारधारा’का सम्बन्धमा प्रकट अभिव्यक्ति नेकपा (नेकपा)का कार्यकर्ताको जस्तो सुनियो । उनले राष्ट्रपति सीकै नेतृत्वको प्रशंसा गरेकी भए पनि शिष्टाचार पुग्ने थियो होला । यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङले राजकीय भ्रमणमा रहेका बेला आतिथेय देशको एउटा राजनीतिक दल नेकपा (नेकपा)का सचिवालय सदस्यहरूलाई भेट्नु पनि सुहाउँदो भएन । राष्ट्रपति सीले बरु संसद्मा प्रतिनिधित्व गर्ने अरू दलका नेतासँग भेटवार्ता गरेको भए उपयुक्त हुन्थ्यो होला । चीनमा एकदलीय व्यवस्था भएकाले पार्टी र सरकारबीच धेरै अन्तर नहोला तर नेपालको अभ्यास भने फरक छ । जेहोस्, यस्ता सानातिना अभ्यासगत त्रुटिले राष्ट्रपति सीको भ्रमणको महत्त्व भने घट्तैन । 

Global Ime bank

नेपाल भ्रमणमा आएर दुई देशबीचको मित्रता सुदृढ गराएकोमा मात्र हैन नेपालीप्रति देखाएको सद्भाव, विश्वास तथा समर्थनको निम्ति राष्ट्रपति सीप्रति हार्दिक आभार प्रकट गर्न हिचकिचाउनु पर्दैन ! नेपालीले राष्ट्रपति सीलाई फेरि स्वागत गर्ने मौका पाऊन् !  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC