site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानमा भारी वर्षा र तुफान, ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह
Sarbottam CementSarbottam Cement

टोक्यो । जापानमा तुफानसहित आएको वर्षाले धेरैजसो भूभाग अस्तव्यस्त बनाएको छ । त्यसबाट कम्तिमा ५ जनाको मृत्यु भएको जनाइएको छ । अन्य थुप्रै मानिस हराइरहेका छन् । 

यति भयानक तुफान जापानको इतिहासमै ६० वर्षपछि आएको बताइएको छ । चक्रवाती तुफान हेगीबीस राजधानी टोक्योको दक्षिण पश्चिममा रहेको इजु प्रायदीपको मुख्य भूमिमा स्थानीय समयअनुसार साँझ ७ बजेतिर ठोक्किएको थियो । यो तुफान २२५ किमी प्रतिघण्टाको गतिमा देशको पूर्वी तटतर्फ अघि बढिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तुफानका कारणले ठूलो क्षति भएको जनाइएको छ । टोक्योको पूर्वस्थित चिबामा एक व्यक्तिको  आफ्नो कार पल्टेर  मृत्यु भएको थियो । कम्तिमा ६० जना अन्य मानिस घाइते भएको जनाइएको छ । अवस्था गम्भीर भएका कारण ७० लाख भन्दा बढी मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ । यद्यपि करिब ५० हजार मानिसमात्रै घर छोडेर सुरक्षित स्थानतर्फ निस्केका छन् ।

रेल सेवा बन्द भएको छ भने हजारभन्दा बढी विमान विमानस्थलमै रोकेर राखिएको छ । हजारौं घरमा बिजुली नहुँदा अन्धकार छाएको छ । मौसम विभागले शनिबार र आइतबार भारी वर्षा हुन सक्ने जनाएको छ । भारी वर्षाका कारण पहिरो र बाढीको पनि खतरा रहेको बताइएको छ । 

Global Ime bank

(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC