खेल
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सामाजिक सञ्जाल फेसबुकसँग डिजिटल सामग्री प्रशारणका लागि सम्झौता गरेको छ । आईसीसीले आज फेसबुकसँग आगामी ४ वर्षसम्मका लागि डिजिटल सामग्री प्रशारणका लागि सम्झौता गरेको हो । विज्ञप्ती जारी गर्दै आईसीसीले अब ग्लोबल इभेन्टहरु फेसबुकमा हेर्न पाउने बताएको छ ।
२०२३ सम्मका लागि भएको सम्झौताअनुसार आईसीसीको ठूला प्रतियोगिताहरुको पुनः प्रशारण, खेल, खेलको मुख्य घटनाहरु, फिचर सामग्री प्रशारणको अधिकार फेसबुकलाई हुनेछ । सम्झौतासँगै क्रिकेट खेलको लोकप्रियता बढ्ने आईसीसीको विश्वास छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६ १५:१९
प्रतिक्रिया दिनुहोस्