site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१० फुटबल खेलाडी जसले कम उमेरमै संन्यास लिए

एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर एन्डरसनले भर्खरैमात्र ३१ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट संन्यास लिए । फुुटबलको इतिहासमा उनी मात्र खेलाडी होइनन्, जसले कम उमेरमा संन्यास लिए । विश्व फुटबल जगतमा समर्थकको मन जित्दै छोटो समयमा समर्थकलाई निराश बनाएर फुटबलबाट संन्यास लिएका धेरै खेलाडीहरु छन् । जसले देश तथा क्लबका लागि उत्कृष्ट फुटबल खेल प्रदर्शन गरे । साथै देश तथा क्लबलाई महत्वपूर्ण उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे ।

विश्व फुटबलबाट छोटो समयमा संन्यास लिने दश खेलाडीहरुको अन्तराष्ट्रिय पत्रिका ‘९० एम’ ले चर्चा गरेको छ ।

१०) हिडतोशी नकाटा

Prabhu Bank
Agni Group
NIC Asia

आबद्ध क्लबः एएस रोमा, पार्मा, फिओरेन्टिना, बोल्टोन वान्डरर
देशको लागि खेलेकोः ७७
क्लबको लागि खेलेकोः ३८२
गोलः ५३
ट्रफीः ५
हिडतोशी नकाटालाई जापानको उत्कृष्ट फुटबल खेलाडीको रुपमा गनिन्छ । जापानी खेलाडी नकाटा राष्ट्रिय खेलमा मात्र सीमित भएनन् । उनी एएस रोमा र पार्माका लागि विशेष खेलाडी थिए ।
देश अनि क्लब दुबैको लागि उनी महत्वपूर्ण मिडफिल्डर थिए । उनले २९ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट संन्यास लिँदा सबै समर्थकहरु निरास भएका थिए ।
उनले १९९५ मा बेलमरे हिरटुस्काबाट व्यावसायिक फुटबलको सुरुवात गरेर २००६ मा बेलमरेबाट नै अन्त्य गरेका थिए ।

Global Ime bank

९) प्याट्रिक क्लुभर्ट

आबद्ध क्लबः अयाक्स, बार्सिलोना, एसी मिलान, न्युक्यासल युनाइटेड, पीएसभी, भ्यालेन्सिया
देशको लागि खेलेकोः ७९
क्लबको लागि खेलेकोः ४६८
गोलः २०५
ट्रफीः ९
नेदरल्यान्डका प्याट्रिक क्लुभर्ट युवा अवस्थाबाट नै उत्कृष्ट थिए । सन् १९९५ को च्याम्पियनलिगमा उनले अयाक्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । अयाक्सलाई च्याम्पियन लिग जिताएपछि भने उनी बार्सिलोनामा आएका थिए । बार्सिलोनामा पनि उनले राम्रो प्रदर्शन गरेका थिए । बार्सिलोनाका लागि उनले ६ वर्षमा १२२ गोल गरेका थिए । पछिल्लो समयमा उनको प्रदर्शन राम्रो नभएपछि सन् २००८ माउनले व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए । त्यतिबेला उनी जम्मा ३१ वर्षका थिए ।

८) इम्मानुअल पेटिट

अनुबन्ध क्लबः मोनाको, आर्सनल, बार्सिलोना, चेल्सी,
देशको लागि खेलेकोः ६३
क्लबको लागि खेलेकोः ५२२
गोलः २०
ट्रफीः ८
फ्रेन्च खेलाडी इम्मानुअल पेटिटले फ्रान्स र इङ्ल्यान्डको क्लबमा राम्रो प्रदर्शन गरेका थिए । यसैगरी फ्रान्सलाई सन् १९९८ को विश्वकपको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनी विशेषगरी मोनाको र आर्सनलका लागि महत्वपूर्ण खेलाडी थिए । फ्रेन्च मिडफिल्डर पेटिटले ३३ वर्षको उमेरमा नै संन्यास लिएका थिए ।
 
७) योर्गेन क्लिन्समान

आबद्ध क्लबः इन्टर मिलान, एएस मोनाको, टोटेनहाम, वायर्न म्युनिख, साम्पडोरिया
देशको लागि खेलेकोः ८२
क्लको लागि खेलेकोः ६२०
गोलः २८४
ट्रफीः ७
जर्मनीका योर्गेन क्लिन्समान उनको समयका उत्कृष्ट स्ट्राइकर रुपमा चिनिएका थिए । सन् १९९५ मा उनी बालोन डी’ओरको लागि रनरअप पनि भएका थिए । क्लन्समानले ३३ वर्षको उमेरमा नै फुटबलबाट संन्यास लिएका थिए । पछि उनी प्रशिक्षकको रुपमा काम गर्न थाले ।
जर्मनीको राष्ट्रिय टिम र वायर्न म्युनिखमा प्रशिक्षकको रुपमा काम गरिसकेका उनी हाल अमेरिकाको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा कार्यरत छन् ।

६) डिडियर डेसच्याम्प्स

आबद्ध क्लबः मार्सियल, युभेन्टस, चेल्सी, भ्यालेन्सिया, नान्टेस
देशको लागि खेलेकोः १०३
क्लबको लागि खेलेकोः ५५६
गोलः २१
ट्रफीः १६
डेसच्याम्प्सले खेलाडी र प्रशिक्षक दुबैको रुपमा फ्रान्सलाई विश्वकप जिताइसकेका छन् । डेसच्याम्प्सले ३२ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए । संन्यास लिएपछि भने उनी फ्रान्सको प्रशिक्षकको रुपमा काम गरेका  थिए ।

५) जस्टफोन्टेइन

आबद्ध क्लबः नाइस, स्टेड रेइम
देशको लागि खेलेकोः २१
क्लबको लागि खेलेकोः २८३
गोलः २५९
ट्रफीः ८
फोन्टेइनले सन् १९६२ मा फुटबलबाट संन्यास लिँदा समर्थकहरु चकित भएका थिए । उनले संन्यास लिँदा उनी जम्मा २९ वर्षका थिए । उनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए । एउटामात्र विश्वकपमा १३ गोल आजसम्म कुनै पनि खेलाडीले गर्न सकेका छैनन् ।

४) केभिनकीगन

आबद्ध क्लबः स्कन्टहोर्प युनाइटेड, लिभरपुल, ह्यामबर्गर एसभी, साउथ एम्पटन, न्युक्यासल युनाइटेड, ब्ल्याक टाउन सिटी
देशको लागि खेलेकोः ६३
क्लबको लागि खेलेकोः ८३२
गोलः २९६
ट्रफीः १०
केभिन कीगन बेलायती खेलाडी हुन् । जसले ३३ वर्षको उमेरमा नै फुटबलबाट संन्यास लिएका थिए । उनले दुई पटक बालोन डी’ओर जितेका थिए । कीगन पनि अरु खेलाडीहरु झैं फुटबलबाट संन्यास लिएपछि प्रशिक्षकको पाटो सम्हालेका थिए ।

३) फ्रान्क रिजकार्ड

आबद्ध क्लबः स्पोर्टिङ सीपी, अयाक्स, एसी मिलान
देशको लागि खेलेकोः ७३
क्लको लागि खेलेकोः ५४०
गोलः ९८
ट्रफीः २३
नेदरल्यान्डका फ्रान्क रिजकार्ड उनको समयका उत्कृष्ट खेलाडी हुन् । उनी मैदानमा मिडफिल्डर र डिफेन्डर दुबै रुपमा प्रस्तुत हुन्थे । उनी अयाक्स र एसी मिलान जस्ता क्लबका लागि विशेष थिए । ३२ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए ।

२) मार्कोभान बास्टेन

देशको लागि खेलेकोः ५८
क्लबको लागिः ३७३
गोलः २७७
ट्रफीः १८
नेदरल्यान्डका स्टार मार्को भान बास्टेनले ३ बालोन डी’ओर जितेका थिए । तर उनले ३१ वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट संन्यास लिए । उनी विश्वका उत्कृष्ट स्ट्राइकरमा गनिन्छन् ।
भानबास्केटले आफ्नो करियरमा जम्मा २ क्लबमा मात्र अनुबन्ध भए । उनी आयाक्स र एसी मिलानमा अनुबन्धन भएका थिए ।

१) एरिक कान्टोना

अनुबन्ध क्लबः अक्सेरे, मार्सेइल, नाइम्स, लिड्स युनाइटेड, म्यानचेस्टर युनाइटेड
देशको लागि खेलेकोः ४५
क्लबको लागि खेलेकोः ३६९
गोलः १५१
ट्रफीः १७
इरिक कान्टोना फ्रान्सका फर्वाड हुन् । नब्बेको दशकमा म्यानचेस्टर युनाइटेडलाई चुलीमा पुर्याउने श्रेय कान्टोनालाई नै जान्छ । कान्टोनालाई म्यानचेस्टर युनाइटेडले युनाइटेडको उत्कृष्ट खेलाडीको सूचीको शीर्ष स्थानमा राखेको छ । ३० वर्षको उमेरमा नै व्यावसायिक फुटबलबाट संन्यास लिएर उनी सिने जगतमा प्रवेश गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय