site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विकासका एजेण्डामा सरकार र निजी क्षेत्रको एउटै आवाज 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समयको गतिलाई समाप्त गर्न सकेमात्र समृद्धिको सपना साकार हुने बताएका छन् । उनले नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको भन्दै अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्नेमा जोड दिए । दुई दिने पूर्वाधार सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री यादवले विकासका लागि स्रोत साधन, प्रविधि र सीप आवश्यक रहने बताए ।  
उनले निजी लगानीविना समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त नहुने भन्दै सरकारले लगानी सुरक्षाको प्रत्याभूति गर्ने र लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह  गरे  ।
नेपाललाई मजदुरको देश भन्दा चित्त दुखेको प्रंसग उल्लेख गर्दै उनले  विकासको आकांक्षा पूरा गर्न सहकार्यमा जोड दिनुपर्ने बताए । त्यसैगरी, आन्तरिक उत्पादनमा ध्यान नपुग्दा बाहिर माग भए पनि पुर्याउन नसकिएको उनको भनाइ थियो । विकासका एजेण्डामा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा जोड दिँदै उनले  ‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ, लगानीको लागि सबै क्षेत्र खाली छ, आउनुस लगानी गर्नुस्’ भन्दै लगानीकर्तालाई आग्रह गरेका छन् । 
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले दिगो पूर्वाधार विकास अहिलेको आवश्कता रहेकोमा जोड दिँदै सम्मेलनमा प्राप्त भएका प्रतिवद्धता कार्यान्वयन हुनेमा आशावादी भएको बताए । सम्मेलनमा प्रस्तुत गरिएका आइडियामध्ये तीन वटा आइडियालाई पुरस्कृत गरिएको  थियो  । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC