site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘१९९० बाटै थियो रअको राजतन्त्र हटाउने खेल’
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । सन् १९९० मा भारतको रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ)ले नेपालमा निरंकुश राजतन्त्रलाई हटाएर संवैधानिक राजतन्त्रका लागि मद्धत गरेको एक पूर्वअधिकारीले जनाएका छन् । रअका पूर्वविशेष निर्देशक अमर भूषणले उनको पुस्तक ‘इनसाइड नेपाल’मा सो कुरा उल्लेख गरेको डीएनए इन्डियाले जनाएको छ ।
उनका अनुसार सन् १९८९ र १९९० मा युनिट नै बनाएर राजा वीरेन्द्र वीर विक्रम शाहको नेतृत्वमा रहेको शाहबंशलाई फाल्ने प्रयास गरिएको थियो ।

राजीव गान्धीले जनआन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको जनाउँदै केही तरिकाले नेपालका राजालाई दबाब दिने प्रयास गरेको जनाएका छन् ।    प्रजातन्त्रलाई संस्थागत गर्नका लागि दबाब दिन त्यतिबेला खाद्यान्नमा नाकाबन्दी गरिएको समेत पुस्तकमा जनाइएको छ ।  त्यो बेलामा राजाले चीनको सहयोग लिन खोजेको र यो अवस्थामा भारतलाई थप चिन्तित बनाएको उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डीएनए इन्डियाको अनलाइन संस्करणले जनाएअनुसार पुस्तकमा रअ हेर्नेगरी जीवनाथन आएपछि कुटनीतिज्ञले बाँकी राखेका काम गर्न खटिएको जनाइएको छ ।  पुस्तकमा अन्य राजनीतिक पार्टीसँग हात अघि बढाउनका लागि तत्कालीन नेकपा माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई लोभ्याइएको समेत जनाइएको छ । 
प्रचण्डपछि सन् २००८ र २०१६ मा प्रधानमन्त्री बनेको समेत पुस्तकमा जनाइएको सो अनलाइनले जनाएको छ । 

केही पटकको वार्तापछि प्रचण्ड सहमत भएको जनाउँदै जीवनाथनसँग प्रचण्डले रअको चासोको बारेमा प्रश्न सोधेको जनाइएको छ ।  जसमा प्रचण्डले हामी राजाको शासनमा रहौं वा पिपुल्स डेमोक्रेसीमा जाऔं तपाईंहरुलाई किन चासो भनेर सोधेको समेत उल्लेख गरिएको छ ।  अपरेसनपछि नेपाली राजनीतिज्ञहरु जीवनाथनलाई भेट्न आएको र उनी पछि पन्छिएको समेत जनाइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC