काठमाडौं । डियरवाक लर्निङ सेन्टरले भिडियो लेक्चर्सलाई जोड दिने भएको छ । भिडियो लेक्चर्स इन्टरनेट, मोबाइल एप र अफलाइन लगाएतका माध्यमबाट प्रयोग गर्न सकिन्छ । कम्पनीले उत्पादन गर्दै आएको भिडियो लेक्चर्स विश्वव्यापी स्वीकार्य प्रयोग भएको बताइएको छ ।
सूचना र सञ्चार प्रविधिको विकाससँगै उपयुक्त शैक्षिक सामग्रीको अभावमा विद्यार्थीहरु वञ्चित भएकाले आफ्नोे भूमिका र विचार उपयुक्त रहेको कम्पनीले बताएको छ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी अन्तर्गत लर्निङ सेन्टर एक अनलाइन शैक्षिक सामग्री विकासका दृष्टिकोणले समर्पित एक मिडिया प्रयोगशाला हो । स्थापना कालदेखि नै संस्थाले शैक्षिक भिडियो ट्युटोरियल उत्पादनका विभिन्न खोज अनुसन्धान र उत्पादन गर्दै आएको छ ।
प्रोजेक्ट निर्देशक हितेश कार्कीले संस्थाले हालसम्म कक्षा ४ देखि १० सम्मका अनिवार्य विषयलाई समेटेर १७ सयभन्दा बढी भिडियो लेक्चर्स उत्पादन गरिसकेको र अर्को वर्षबाट कक्षा १ देखि ३ सम्म र कक्षा ११ र १२ मा अध्ययन गरिने विषयको भिडियो लेक्चर्स उत्पादन गर्ने बताए । संस्थाले निर्माण गरेका सम्पूर्ण लेक्चर्स क्लासका भिडियोहरु निःशुल्क प्रयोग गर्न सकिन्छ ।