site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा बढ्यो स्थानीय निर्वाचनको सरगर्मी, को–को होलान् मेयरका उमेदवार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले वैशाख ३१  गतेका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी सक्रियता बढाएसँगै दलहरूको चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ । एक महानगरपालिका र दश नगरपालिका रहेको काठमाडौँमा चुनावी पारो तातेको छ ।

विशेषगरी प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन् । 
सत्ताधारी दल नेकपा माओवादी केन्द्रले नगर र महानगरअन्तर्गतका वडा अधिवेशनलाई तिव्रता दिएको छ । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पार्टी आन्तरिक तयारीमा जुटिरहेको जानकारी दिए ।

“हामी निर्वाचन घोषणा हुनुपूर्व नै पार्टीका नियमित काममा सक्रिय थियौँ । निर्वाचन घोषणा भइसकेपछि पार्टी पंक्तिलाई क्रियाशील र जीवन्त तुल्याउन लागिपरेका छौँ । यसबीचमा हामीले अधिकांश नगर र वडाको अधिवेशन सकेका छौँ । केही नगर र वडाको अधिवेशन सकेपछि उम्मेदवारहरू टुंग्याउँछौँ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले अधिवेशन टुंग्याएपछि मात्रै सम्बन्धित कमिटीको सिफारिसका आधारमा जिल्ला कमिटीले उमेदवार टुंग्याउने बताए ।  “बाहिर विभिन्न नामबारे चर्चा हुनसक्छन्, अधिवेशन टुंग्याएपछि मात्रै उमेदवारहरू छान्न परिपत्र गर्छौं,” उनको प्रष्ट्याए । माओवादी केन्द्रले बरु एउटै किन नहोस् गर्न सक्ने काम र योजनामात्र लिएर जनताका बीचमा जाने उनको दाबी थियो । 

त्यस्तै, नेकपा एमालेले पनि चुनाव घोषणा भएसँगै पार्टी पंक्तिलाई निर्वाचनमै परिचालन गरेको छ । भर्खर चार महिने अभियान समापन गरेको एमालेले काठमाडौँ महानगरका ३२ वटै वडा र दशवटै नगरपालिकामा विभिन्न अभियान सञ्चालन गरेको छ ।  नयाँ पुनर्संरचना अनुसार दशवटै नगर कमिटी, मातहतका वडा कमिटी र महानगरलाई संगठन कमिटीमा ढालेको छ एमालले । नगर कमिटीहरूलाई जिल्लाको मातहत र महानगरलाई प्रदेशको मातहत राख्ने एमालेको तयारी छ ।

Global Ime bank

“हामीले विभिन्न वडा भेला र टोलटोलमा कमिटी निर्माण गरिरहेका छौँ । सँगै मतदाताहरूलाई मतदाता शिक्षा पनि दिइरहेका छौँ,” एमाले काठमाडौं सचिव विद्यासुन्दर शाक्यले बाह्रखरीसँग भने, “निर्वाचनको सुनिश्चितताका लागि आधारभूत तहसम्मै संगठन निर्माण र परिचालनमा जोड दिएका छौँ ।”

उम्मेदवारहरू भने टुंगो लागि नसकेको उनले बताए । “बुधबार बस्ने पार्टी स्थायी कमिटीले एउटा मापदण्ड तयार पार्छ । त्यहीअनुरूप सम्बन्धित कमिटीले नाम सिफारिस गर्छ,” उनको भनाइ थियो ।

उनका अनुसार वडाध्यक्ष र सदस्यहरूको उमेदवारी जिल्ला पार्टीले टुंग्याउनेछ भने नगरको मेयर तथा उपमेयर प्रदेश कमिटीले छिनोफानो गर्नेछ । महानगरपालिकाको हकमा भने स्थायी कमिटीले टुंग्गाउने उनले जानकारी दिए । यद्यपि, त्यो स्थायी कमिटीले निर्णय गरेर कार्यविधि बनाउने उनले प्रष्ट्याए । 

त्यस्तै, व्यवस्थापिका संसद्को ठूलो दल नेपाली कांग्रेसले पनि निर्वाचनको व्यापक तयारी थालेको जानकारी दिएको छ । “हामी निर्वाचन आफ्नो पक्षमा पार्न व्यापक तयारी गरिरहेका छौँ,” कांग्रेस जिल्ला सभापति सबुज बानियाँले भने, “नगर र वडाहरूको एकीकृत योजना बनाएर अघि बढिरहेका छौँ ।”

त्यसबीचमा नागरिकका गुनासा, समस्यासँग पार्टीलाई एकाकार गराउने र विकास निर्माणका सवालमा पार्टीलाई अग्रपंक्तिमा उभ्याउन कांग्रेस लाग्ने उनको भनाइ थियो ।

उनले जिल्ला र पार्टी केन्द्रबीच पटक–पटक छलफल भइरहेकाले उमेदवारको टुंगो लागि नसकेको जानकारी दिए । 

मतदाता र मतदान केन्द्र

एक महानगर र दश नगरपालिका रहेको काठमाडौंका मतदाता ५ लाख ७६ हजार छन् । जिल्ला निर्वाचन कार्यालयका उपसचिव चन्द्र गौतमका अनुसार त्यो संख्यामा तलमाथि हुन सक्छ । “कतिपयको जिल्लामा पठाइएको छ । कतिपयको यसबीचमा मृत्यु पनि भएको हुनसक्छ । केही दिनमै अन्तिम नामावली आउँछ,” उनको भनाइ थियो ।

त्यस्तै, यसअघिको निर्वाचनमा काठमाडौँ जिल्लामा ३१४ निर्वाचन केन्द्र थिए । त्यो संख्यामा केही हेरफेर हुने आयोगको भनाइ छ । 

मेयरका सम्भावित उमेदवारहरू

राजधानी र घना जनघनत्व भएकाले काठमाडौंको मेयरमा प्रायःको आँखा लागेको छ । एमालेबाट योगेश भट्टराई र कांग्रेसबाट गगन थापाको नाम चर्चामा छ । यद्यपि, उनीहरूले त्यो केवल ‘चर्चा’ भएको अभिव्यक्ति दिएका छन् ।

“जिउँदो मान्छेको चर्चा हुनु अस्वभाविक होइन,” योगेश भट्टराईले हाँस्दै भने, “यो चर्चामात्रै हो, म त्यो किसिमले लागेको छैन ।”

काठमाडौं क्षेत्र नम्बर चारबाट अत्यधिक मतले निर्वाचित गगन थापा सांसद् पद छाडेर मेयरमा उठ्न तयार नभएको स्रोत बताउँछ । स्रोतका अनुसार थापाका बारेमा अनावश्यक हल्लामात्रै चलाइएको छ, उनी मेयरका उमेदवार हुँदै होइनन् । 

एमालेबाट जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र विद्यासुन्दर शाक्यको नाम पनि चर्चामा छ । त्यस्तै, कांग्रेसबाट नरोत्तम वैद्य, तीर्थराम डंगोलको नाम चर्चामा रहेको कांग्रेस नेताहरु बताउँछन् ।

यस्तै, माओवादी केन्द्रबाट हिमाल शर्मा र लेखनाथ न्यौपाने उमेदवार बन्न सक्ने अड्कल काटिएको छ । यद्यपि त्यो पार्टीले नै निर्णय गर्ने र यस विषयमा आफू केही बताउन नसक्ने न्यौपाने बताउँछन् । उनी काठमाडौँको पार्टी इन्चार्जसमेत हुन् । 

राप्रपाले भने पार्टी प्रवक्ता राजाराम श्रेष्ठलाई अघि सार्न सक्ने बताइएको छ ।

सबै दलहरु यतिबेला उमेदवार छान्ने आन्तरिक तयारीमा लागिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement