देश
![मानव बेचविखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ](https://12khari.de/uploads/posts/34258975_795382453990637_1542219960246337536_n_68176441.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
मोरङ । मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–६ का ४१ बर्षीय वसन्त राजवंशी पक्राउ परेका छन् । जिल्ला अदालत मोरङको २०७६ वैशाख १७ गतेको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६ १२:३५
प्रतिक्रिया दिनुहोस्