site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 पाकिस्तानको आवासीय क्षेत्रमा सैन्य विमान दुर्घटना : १५ जनाको मृत्यु, १२ घाइते 
Siddhartha BankSiddhartha Bank

पाकिस्तान ।  पाकिस्तानको राउलपिन्डीमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा दुर्घटना भएको विमानमा सवार पाँच जना चालक दलका सदस्य र १० जना सर्वसाधारणको ज्यान गएको जनाएको छ । दुर्घटनामा अन्या १२ जना घाइते भएका छन् ।  उक्त विमान परीक्षणका समयमा दुर्घटना भएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लाग्दा केही घरहरुमा समेत क्षति भएको बीबीसीमा उल्लेख  छ । राउलपिन्डी राजधानी इस्लामावाद नजिकै रहेको सैन्य इलाका हो । 

के कारण विमान दुर्घटना भएको भन्‍ने यकिन गर्न नसकिएको जनाएको छ । एएफपीका अनुसार विमान दुर्घटनालगत्तै स्थानीयको भीड जम्मा भएको र रुन तथा शोक मनाउन थालिएको छ ।  तस्बिरहरुमा देखिए अनुसार एक घर पूर्णमा क्षति भएको छ । दुर्घटनास्थलबाट अहिले पनि धुवाँ आइरहेको र दुर्घटनाग्रस्त प्लेनका टुक्राहरु घरको क्षतिमा छरपस्ट भएको एएफपीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सन् २०१० मा इस्लामावाद नजिकै निजी विमान दुर्घटना हुँदा १५२ जनाले ज्यान गुमाएका थिए । जुन पाकिस्तानको इतिहासमै सबभन्दा बढी मानवीय क्षति भएको दुर्घटना थियो । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement