site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘बरु केन्द्रीय सदस्य त्याग्छु, जिल्ला इन्चार्ज स्वीकार्दिनँ’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आजमात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को डडेलधुरा इन्चार्ज तोकिएका खगराज भट्टले जिल्ला इन्चार्ज अस्वीकार गरेका छन् । उनले सात नम्बर प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर जुनियरको मातहत इन्चार्ज नबस्ने बरु केन्द्रीय सदस्य नै त्याग्ने बताएका हुन् ।

बाह्रखरीसँगको कुराकानीमा भट्टले आफू २०६० सालदेखि केन्द्रीय सदस्य रहेर जिम्मेवारी पूरा गरेको र अहिले पहिलोपटक अपमानित महसुस गर्नुपरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“जुनियरमातहत इन्चार्ज बस्नु मेरो क्षमता, योग्यता, त्याग, समर्पण, निष्ठा र बलिदानको अपमान हो । मैले प्रदेश प्रमुख र इन्चार्जलाई म्यासेज पठाइसकेको छु,” उनले भने, “सचिवालयले दिएको इन्चार्ज खानुपर्ने हो भने केन्द्रीय सदस्य त्याग्न तयार छु ।”

पूर्वमाओवादी केन्द्रका भट्ट सुदूरपश्चिमका इमान्दार नेता मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग तीन पटक चुनाव लडेर हार खाएका नेता भट्टले पार्टीबाट पहिलोपटक  अपमानित हुनुपरेको भन्दै दुःखमनाउ गरेका छन् ।

Global Ime bank

यी हुन् नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्ज (सूची)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC