site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बर्दिवास । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
 
जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी सडक, बर्दिवास–जलेश्वर सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित २४ सडक बाढीले अवरुद्ध भएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । 

जिल्लाका मुख्य सडक बाढीले अवरुद्ध भएपछि जिल्लाको सुदूरदक्षिणी क्षेत्रमा रहेको जिल्ला सदरमुकाम जलेश्वरसँग बाँकी जिल्लाका अन्य भेगको सम्बन्धविच्छेदजस्तै बनेको छ । क्षतिग्रस्त सडकमा मर्मतसम्भारको काम द्रूतगतिमा बढाइएको प्रजिअ ढकालको भनाइ छ । यी क्षतिग्रस्त सडक र पूर्वपश्चिम राजमार्गको महोत्तरीकै बर्दिवासस्थित भब्सीपुलमा बेलिब्रिज पाँच दिनभित्रै प्रयोगमा आइसक्ने प्रजिअ ढकालले जानकारी दिए । 

भब्सी नदीमा आएको ठूलो बाढीले गत शुक्रबार राति पुल बगाएपछि यहाँ सडक यातायात अवरुद्ध भएपछि बेलिब्रिज जडानको काम थालिएको छ ।
रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC