site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कीर्तिमानी रोहित शीर्ष स्थानमा, वार्नरलाई भेट्टाउलान् फिन्चले ?
Siddhartha BankSiddhartha Bank

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भारत श्रीलंकाविरुद्ध र दक्षिण अफ्रिका अस्ट्रेलियामाथि विजयी भएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो । 

फाइनल प्रवेशका लागि अब पाँच पटकको च्याम्पियन अस्टे«लियाले घरेलु टोली इङ्ल्यान्ड र भारतले न्युजिल्यानडको सामना गर्नेछन् । इङ्ल्यान्ड र न्युजिल्यान्ड पहिलो पटक उपाधि यात्रा तय गर्ने लक्ष्यमा मैदान उत्रिनेछन् । 

भारत तेस्रो उपाधिको खोजीमा रहँदा अस्टेलिया छैटौं कीर्तिमानको योजनामा रहनेछ । सेमिफाइनलसम्म भारतका रोहित शर्माले कीर्तिमानी शतक बनाएका छन् । पाँच शतक बनाएका उनी सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा छन् । 

Agni Group
NIC Asia

भारतलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अनुभवी खेलाडी रोहितको शतकले अझै निरन्तरता पाउने सम्भावना छ । किनकी उनी अहिले उत्कृष्ट लयमा छन् । उनीसँगै सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा अस्ट्रेलियाका डेभिड वार्नर छन् । 

यी हुन् जारी विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

Global Ime bank

१) रोहित शर्मा

अनुभवी खेलाडीको पहिचान बनाएका भारतीय ओपनर रोहित शर्मा सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा छन् । पाँच शतकको कीर्तिमानसँगै रोेहितले १ अर्धशतक गरी ६ सय ४७ रन बनाएका छन् । इङ्ल्यान्डमा र वेल्समा संयुक्त रुपमा चलिरहेको यो विश्वकपमा रोहितले अहिलेसम्म ६७ चौका र १४ छक्का प्रहार गरेका छन् । 

जारी विश्वकपमा उनको उच्च रन १ सय ४० हो । उनले पास्तिानविरुद्ध गरेको प्रदर्शन पनि त्यही हो । यस्तै श्रीलंकाविरुद्ध १ सय ५ रन बनाउँदै विश्वकपमा कीर्तिमान बनाएका रोहितले बंगलादेशविरुद्ध १ सय ४ रन, इङ्ल्यान्डविरुद्ध १ सय २ तथा दक्षिण अफ्रिकाविरुद्ध १ सय २२ रन बनाएका थिए । 

२) डेविड वार्नर 

एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएर उत्कृष्ट प्रदर्शन गरिरहेका अस्टे«लियाका डेविड वार्नर सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा छन् । लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजय भोगेपनि शतक बनाएका वार्नर ६ सय ३८ रनका साथ दोस्रो स्थानमा रहेका हुन् । वार्नर र रोहितबीच मात्र ९ रनको फरक छ । दुबै खेलाडीको टिम सेमिफाइनल पुगिसकेकाले यि दुई खेलाडीबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । बल टेम्परिङ आरोपमा एक वर्षको प्रतिबन्धबाट फर्किएका वार्नरले जारी विश्वकपमा ३ शतक र ३ अर्धशतक बनाएका छन् । ६४ चौका र ८ छक्का उनको नाममा छ । उनको उच्च रन १ सय ६६ हो ।

३) सकिब अल हसन 

टोली बाहिरिएपनि बंगलादेशका सकिब अल हसन विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो नम्बरमा छन् । ८ खेलमा ३ मा जित निकाल्दा बंगलादेशका सकिबले उत्कृष्ट प्रदर्शन गरे । टोलीलाई सेमिफाइनल पुर्याउन असफल भएपनि व्यक्तिगत रुपमा उनको प्रदर्शन शानदार रह्यो । उनले ६ सय ६ रन बनाए । 

१ सय २४ उच्च रन बनाएका सकिबले २ शतक र ५ अर्धशतक आफ्नो नाममा लेखाए । उनले ६० चौका र २ छक्का प्रहार गरेका थिए । टोली बाहिरिएसँगै उनको स्थानमा अन्य खेलाडी आउनसक्ने सम्भावना छ । 

४) एरोन फिन्च 

अस्टेलियाका कप्तान एरोन फिन्च पनि सर्वाधिक रन बनाउने खेलाडीको चौथो नम्बरमा छन् । ५ सय ७ रन बनाएका उनी तेस्रो स्थानमा रहेका सकिबको स्थानलाई पछ्याइरहेका छन् । १ सय ५३ उच्च रन बनाएका कप्तान फिन्चले २ शतक र ३ अर्धशतक बनाएका छन् । ४७ चौका प्रहार गरेका उनले १८ छक्का हानेका छन् । जारी विश्वकपमा सर्वाधिक १८ छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन् । 

५) जोय रुट 

आयोजक इङ्ल्यान्डका जोय रुट सर्वाधिक रन जोड्ने खेलाडीको पाँचौं नम्बरमा छन् । ५ सय रनका अस्टेलियाका कप्तान फिन्चलाई पछ्याइरहेका रुट ७ रनले मात्र पछि छन् । इङ्ल्यान्डलाई सेमिफइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका रुटले २ शतक र ३ अर्धशतक बनाएका छन् । उच्च रन १ सय ७ बनाएका रुटले ४० चौका र २ छक्का प्रहार गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २२, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय