site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
 शान्ति प्रक्रिया तुहाउन खोजिएको छ : प्रचण्ड
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया तुहाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।  शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया तुहाउन खोजेको भन्दै सचेत रहन आग्रह गरे । विश्वकै सफल ठहरिएको शान्ति प्रक्रियालाई अप्ठ्यारोमा पार्नेगरी, बीचमै असफल बनाउनेगरी बाल सैन्य (जनुयुद्धताकाका) लेनिन विष्टलाई युरोप भ्रमण गराइएको र कसरी असफल बनाउन सकिन्छ भनेर केही शक्ति लागि परेको उनले बताए ।

त्यस्तै शक्तिले पार्टी एकता प्रक्रियालाई पनि अप्ठ्यारोमा पार्न खोजेको उनको निष्कर्ष थियो । “शान्ति प्रक्रिया तुहाइदिन सकिन्छ कि ? पार्टीभित्र झगडाको आविष्कार गर्न सकिन्छ कि, तीललाई पहाड बनाउन सकिन्छ कि, नेतैपिच्छे आरोपित गराएदिएर हुन्छ कि, यहाँहरूले स्पष्टै देखिरहनुभएको छ नि, युरोप, कहाँकहाँ घुमाइएको छ,” उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

त्यस्तो अभ्यासले केही व्यक्तिलाई फाइदा हुने, शान्ति प्रक्रिया टुंगोमा नपुगे उद्योग–धन्दा फस्टाइरहने भए पनि देशका लाथि घातक कसरत हुने उनको टिप्पणी थियो । उनले शान्ति प्रक्रियाका खाटा बसिसकेको घाउलाई चिथोरेर, कोपरेर, आलो तुल्याउने र क्यान्सरझैँ फैलाउन खोजिएको समेत बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro