site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुडान घोटाला प्रकरण :  दोषी ठहर भएको दुई वर्षपछि पूर्वआईजीपी ठकुरीले गरे आत्मसर्पण 

काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर गरेका नेपाल प्रहरीका पूर्वमहानिरिक्षक रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् । 

दोषी ठहर गरेको दुई वर्षसम्म फरार रहेका उनले सर्वोच्‍च अदालतलमै आएर बिहीबार आत्मसमर्पण गरेका हुन् । 

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले दुई वर्षअघि उनलाई दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडान घोटाला प्रकरणमा ३६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले तीन पूर्वआईजीपी र ठेकेदारलाई मात्र दोषी ठहर गरेको थियो । सर्वोच्चले थप तीन तत्कालीन प्रहरी अधिकारीलाई समेत दोषी ठहर गर्‍यो । 

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनलाई आवश्यक बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार भएको ठहर गर्‍यो । 
 
प्रहरीको सुडान मिसन घोटाला काण्डमा पूर्वआईजीपी चन्दलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको थियो । सो काण्डमा सर्वोच्चले नेपाल प्रहरीका पूर्वआईजिपी ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना र चन्दलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । त्यस्तै पूर्वएआइजी श्यामसिंह थापा र दीपकसिंह थाङ्देङलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। 

तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई पनि ६ महिना कैद र ३० हजार जरिवाना  सुनाएको थियो । उनीहरु सबै आफैं अदालतमा उपस्थित भएर जेल चलान भए पनि पूर्वआइजिपी चन्द भने फरार भएका थिए ।

फाइल तस्बिर

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro