site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारत सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचितः नेपालदेखि पाकिस्तान र चीनसम्मको समर्थन
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । छिमेकी भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य राष्ट्रमा सर्बसम्मत रुपमा चयन भएको छ । एशिया प्रशान्त  क्षेत्रबाट भारत सो पदमा छनोट भएको हो । एशिया प्रशान्त क्षेत्रका नेपाल समेतका राष्ट्रले भारतलाई समर्थन गरेका थिए । अस्थायी सदस्य पदको कार्यकाल दुई वर्षको हो । 

भारतलाई समर्थन गर्नेमा लामो समयदेखि उसँग विवादमा रहँदै आएको राष्ट्र पाकिस्तानदेखि चीन समेत रहेका छन् । भारतलाई उसले दिएको समर्थनले लामो समयदेखि रोकिँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन गराउनको लागि सकारात्मक भूमिका खेल्न सक्ने संकेत गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“भारतको सुरक्षा परिषद्को अस्थायी सदस्यताको दावेदारीलाई एसिया प्रशान्त क्षेत्रीय समूहले सर्वसम्मत रूपमा समर्थन गरेको छ, समूहका ५५ सदस्य राष्ट्रलाई धन्यवाद दिन चाहन्छु,” संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि सैयद अकबरुद्धिनले ट्विटमार्फत भनेका छन् । 

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा अमेरिका, बेलायत, चीन, फ्रान्स र  रुस स्थायी सदस्य रहेका छन् भने अन्य १० वटा अस्थायी सदस्य राष्ट्र रहेका छन् । भारतले स्थायी सदस्यको दाबी गर्दै आएपनि त्यो सम्भव भइरहेको छैन । (एजेन्सी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement