site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्च अदालतमा मुद्दा फर्छ्योट घट्दो, २३ हजार मुद्दा सुनुवाई पर्खंदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले यो वर्ष साढे ९ हजार मुद्दा फर्छ्योट गरेको छ । बुधबारसम्मको मुद्दा फर्छ्योटको यो संख्या सर्वोच्च अदालतमा रहेको कूल मुद्दाको करिब २९ प्रतिशत हो । अब सर्वोच्च अदालतमा रिट नवेदन, संवैधानिक, पुनरावेदनपत्र, पुनरावलोकनका मुद्दा र निवेदन गरी २३ हजार १ सय ७० थान मुद्दा सुनुवाईको पर्खाइमा छन् । जसमध्ये पाँच वर्ष नाघेका २ हजार थान मुद्दा छन् भने २ वर्ष नाघेका साढे ९ हजार मुद्दा छन् । 

सर्वोच्च अदालतमा हाल २३ हजार १ सय ७० थान मुद्दा छन् । जसमा यो वर्षमात्र १२ हजार ९ सय ९८ थान नयाँ मुद्दा दर्ता भएका थिए । यीमध्ये सबैभन्दा धेरै दोहोर्याइ पाउँ भनी निवेदन परेको छ । यो वर्षमात्रै ४ हजार ६ सय २३ वटा यस्तो निवेदन सर्वोच्च अदालतमा दर्ता भएको सर्वोच्चले जानकारी दिएको छ । यसरी दायर भएका निवेदन यो वर्ष ५१ प्रतिशत फर्छ्र्योट भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि तल्लो तहका अदालतहरुले गरेका आदेश र फैसलामाथिको पुनरावेदन परेको छ । बुधबारसम्ममा ४ हजार ४ सय २३ वटा पुनरावेदनका नयाँ रिट यो वर्ष दायर भएका छन् । जिम्मेवारी सरेर यो आवमा १३ हजार ४ सय ८९ थान पुनरावेदनपत्र आएका थिए । जसमध्ये यो वर्ष साढे १३ प्रतिशत पुनरावेदन पत्र फर्छ्योट भएका छन् । 

बन्दी प्रत्यक्षकीरणतर्फ यो वर्ष दर्ता भएका २ सय २३ र पहिला बाँकी रहेका १४ थान मुद्दामध्ये २ सय वटा बन्दी प्रत्यक्षकीरणका रिट फर्छ्योट भएको छ । अब सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका ३७ थान रिट बाँकी छन् । 

Global Ime bank

संवैधानिक विवादका २ सय ५५ थान मुद्दा मध्ये ६७ थान मुद्दामात्र यो वर्ष किनारा लागेको छ । 

फर्छ्योटदर ९ प्रतिशतले घट्यो

यो वर्ष अघिल्लो वर्ष भन्दा कम मुद्दा फर्छ्योट भएको छ । आर्थिक वर्ष ०७४–०७५ मा करिब ३८ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो । तर, यो आर्थिक वर्ष (आव ०७५–०७६) को अन्तिमतिर आइपुग्दा २९ प्रतिशत मुद्दामात्र फर्छ्योट भएको छ । अघिल्लो आर्थिक वर्ष १२ हजार ४ सय १९ मुद्दा फर्छ्योट भएकोमा यो वर्ष असार मसान्त आउन करिब ३ हप्ता बाँकी रहँदा ९ हजार ४ सय ६० थान मुद्दामात्र फर्छ्योट भएको सर्वोच्च अदालतको तथ्यांक छ । आव ०७३–०७४ मा पनि अहिलेको भन्दा बढी अर्थात् ३३ प्रतिशत मुद्दा सर्वोच्च अदालतले फर्छ्योट गरेको थियो । 

न्यायसम्पादन छिटोछरितो रुपमा सम्पादन गर्नका लागि अदालतमा तेस्रो पञ्चवर्षीय रणनीतिक योजना लागु गरिएको छ । सो योजनाको यो आर्थिक वर्ष अन्तिम वर्ष हो । अघिल्लो वर्षजस्तै यो वर्ष पनि मुद्दा फर्छ्र्योट लक्ष्य पूरा गर्न सर्वोच्च अदालत असफल हुने देखिएको छ । यो वर्ष भन्दा करिब ९ प्रतिशत बढी फर्छ्योट गर्दा अघिल्लो वर्ष मुद्दा तथा रिटतर्फ ६३ प्रतिशत मुद्दा फर्छ्योट लक्ष्य राखिएकोमा ३६ प्रतिशतमात्र फर्छ्योट भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC