देश

दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो । रासस
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ ०८:१७
प्रतिक्रिया दिनुहोस्