site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एएफसी कपमा मनाङ जितबिहीन  
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी कप फुटबलअन्तर्गत नेपालको लिग च्याम्पियन क्लब सिग्नेचर मनाङ मर्स्याङ्दी अन्तिम खेलमा पनि पराजित हुँदै प्रतियोगिताको अन्त्य गरेको छ । 

समूह चरणको अन्तिम खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब चेन्नईयिन एफसीसँग ३-२ गोल अन्तरले पराजित भएको हो । एन्फा कम्प्लेक्समा पहिलो हाफ गोलरहित बराबरी खेलेको चेन्नईयिनका लागि खेलको ५३ औँ मिनेटमा मोहमद रफीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै खेलको ६६ औँ मिनेटमा इली सावियाले गोल गर्दै टिमलाई जिततर्फ लिए । उनले डिबक्सबाट बल लिएर गोल रक्षकलाई छलाउँदै गोल गरेका थिए । यता मनाङका लागि खेलको ७१ औँ मिनेटमा अफीज आलावले गोल गर्दै टिमलाई २-१ को स्थितीमा पुर्‍याए । उनले सेन्टरबाट लिएको बल गोलमा परिणत भएको थियो । 

ओलावलालेने खेलको ७९ औँ मिनेटमा गोल गर्दै मनाङलाई २-२ गोलको बराबरीमा रोके । डी एरीयाको बल उनले क्रस प्रहार गर्दै गोल गरेका थिए । 

Global Ime bank

खेलको ८८ औँ मिनेटमा चेन्नईयिनका रफीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाए । 

जितसँगै चेन्नईयिन अघिल्लो चरण प्रवेश गरेको छ भने मनाङ यसअघि नै लिग चरणबाट बाहिरि सकेको थियो । प्रतियोगिताको अन्य खेलको तुलनामा मनाङले आजको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि सान्तोना जित भने निकाल्न सकेन् ।

तस्बिर सौजन्य : रमेश कान्छो

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC