site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ७६ रनले विजयी

काठमाडौं । ब्याटिङमा जोन्सन चार्ल्स र बलिङमा हाइदेन वाल्स चम्किएपछि ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध ७६ रनको सहज जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो । 

नेपालका ओपनर लोकेश बमले २८ रन बनाए । कुशल मल्लले २० रन थप्दा विनोद भण्डारी र अनिल साहले १४ रन थपे । नवौँ नम्बरमा ब्याटिङका लागि आएका करण केसीले २८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वेस्ट इन्डिजका हायदेन वाल्सले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । गुडाकेश मोटीले दुई विकेट लिए । फाबियन एलेन, ओबेड म्याकोइ र म्याथ्यु फोर्डेले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।

वेस्ट इन्डिजबाट ओपनिङमा आएका चार्ल्सले अविजित ११९ रन बनाए । उनले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गरे । २७–१ को अवस्थाबाट चार्ल्सले दोस्रो विकेटका लागि आन्द्रे फ्लेचरसँग १५२ रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ्स सम्हालेका थिए ।

फ्लेचरले ३३ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए । फाबियन एलनले १९ र एलिक एथानाजेले १७ रन बनाए । किमो पाउल १३ रनमा अविजित रहे ।

नेपालका करण केसी र सागर ढकालले समान एक विकेट लिए ।

आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले नियमित कप्तान रोहितकुमार पौडेललाई राखेका थिएनन् । दीपेन्द्रसिंह ऐरीले नेपाली टिमको कप्तानी सम्हाल्दा यसअघि मौका पाएका लोकेश बम र अनिल साह पनि प्लेइङ–११ मा थिए । नेपाली टिमका आज विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि मौका पाएका थिए । 

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले हराएको थियो । पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो ।

यी दुई टिमबीचको चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro