site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक दुर्घटना न्यूनीकरण गर्न कन्भेक्स ऐना
Sarbottam CementSarbottam Cement

नुवाकोट । नुवाकोट जिल्ला ट्राफिक कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न विदुर नगरपालिकाको विभिन्न घुम्तीमा ‘कन्भेक्स’ ऐना जडान गरेको छ ।

विदुर नगरपालिका आसपासका सडक घुम्ती जस्तैः त्रिशूली बजार, गङ्गटे, बान्दे्रलगायत ठाउँमा यस्ता  ऐना राखिएको हो । उक्त ऐनाले  घुम्ती पार गर्न लाग्दा दायाँ–बायाँबाट आउने अरू सवारी साधन तथा पैदल यात्रीहरुलाई सवारी चालकहरुले सजिलै देख्न सक्ने भएकाले दुर्घटना हुनबाट जोगिने उक्त कार्यालयका प्रहरी नायब निरीक्षक बिकल भट्टराईले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “कन्भेक्स ऐना राख्नुको मुख्य उद्देश्य घुम्ती बाटोमा विपरीत दिशाबाट आउने साना र ठूला सवारी साधनहरु एकले अर्कोलाई नदख्ने हुँदा सडक दुर्घटना हुने गरेकामा यस्तो ऐनाले विपरीत दिशाबाट आउने सवारी साधन प्रस्ट देखिने हुँदा दुर्घटनाको सम्भावना कम हुनसक्छ ।” 

नगरप्रमुख सञ्जु पण्डितले सडक दुर्घटना न्यूनीकरण गर्न र सडकमा हुने सवारी साधनको चाप व्यवस्थित बनाउन ट्राफिक कार्यालयलाई सहयोग गर्दै आएकामा आगामी दिन पनि यस्ता क्रियाकलापमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Global Ime bank

प्रजिअ द्रोण पोखरेलले सडक दुर्घटनामा आफू बच्न र अरूलाई बचाउन सवारीचालक स्वयं जागरूक हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णपल्ली मगरले साना ठूला सवारी साधनहरुलाई व्यवस्थित गर्न प्रहरीको मात्र होइन हामी सबैको समान दायित्व भएको बताए । जिल्लास्थित चेम्बर अफ कमर्सले तीनवटा ‘कन्भेक्स’ ऐना उपलब्ध गराएको थियो । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय