site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अर्को चरणको जागरण अभियानबारे कांग्रेसले थाल्यो छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा संलग्न केन्द्रीय प्रतिनिधिहरुसँग छलफल सुरु गरेको छ । कांग्रेसले पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य सहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल गर्न लागेको हो । 
छलफलबाट प्राप्त सल्लाह सुझाव पार्टीको सुदृढीकरणका लागि अगाामी रणनीति तय गर्न फलदायी हुने विश्वास पार्टी नेतृत्वले लिएको छ । पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो । सो अभियानमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला गई १ महिनासम्म गरिएको कार्यक्रम, अन्र्तरक्रिया र प्राप्त कार्यकर्ताको धारणाबारे प्रतिनिधिले नेतृत्वलाई जानकारी गराउने छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल तथा अन्तरक्रियाको उद्घाटन सत्रलाई सम्बोधन गर्दे सभापति शेरबहादुर देउवाले जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावहरुबाट पार्टीलाई थप उर्जा मिल्ने विश्वास व्यक्त गरे । 
उनले भने, “प्रतिकूल अवस्थामा पार्टी सुदृढीकरणक लागि गर्नुपर्ने राजनीतिक कार्ययोजना के के हुन सक्छन् ? पार्टीलाई थप सुदृढ र गतिशिल बनाउनका लागि जिल्लामा के कस्ता समस्या विद्यमान छन् ? भन्ने विषयमा सबैले केन्द्रमा बुझाउनुभएको आ आफ्ना प्रतिवेदननमा उल्लेख भएकै होलान् । पार्टीले अबलम्बन गर्नुपर्ने रणनीति, कार्यनीति अनुभवको आधारमा प्रदान गर्ने यस अन्तरक्रियाले दोश्रो र तेश्रो चरणको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास मैले लिएको छु ।”
राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि सिन्धुली जिल्ला सभापति श्याम घिमिरेले स्थानीय कार्यकर्ताले पार्टीमा सैद्धान्तिक सुधारको अपेक्षा राखेको बताए । उनीहरुले विशेष गरेर वर्तमान सरकारका असफलताको प्रतिकार गर्दे राष्ट्रिय राजनीतिलाई बदल्ने काममा पार्टीको भूमिका खोजेको उनले बताए । त्यसैगरी पार्टीभित्रको अन्तरघात र गुटबन्दीको अन्त्य, समयमा नै भातृसंगठनको अधिवेशन लगायत आन्तरिक सुधारको पनि अपेक्षा कार्यकर्ताले राखेको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC