विदेश
वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रासायनिक हतिायार प्रयोग गर्न नदिनका लागि थप नाकाबन्दी लगाइने बताएका छन् । तेहरानले आफ्नो बाटो नबदलेसम्म आर्थिक दबाब कायम राखिने उनले उल्लेख गरेका छन् । ‘‘हामीले थप नाकाबन्दी लाउन लागेका छौं,’’ ट्रम्पले पत्रकारहरुसँगको कुराकानीमा बताएका छन् ।
इरानले आफूले अन्तर्राष्ट्रिय रुपमा सिमित गरेको आणविक कार्यक्रमलाई अघि बढाउने जनाएपछि ट्रम्पको पछिल्लो भनाई सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६ ०८:१८
प्रतिक्रिया दिनुहोस्