थाइल्यान्डको पोस्टमा अमेरिकाको १३ गोल 

थाइल्यान्डको पोस्टमा अमेरिकाको १३ गोल 

एजेन्सी । आठौं संस्करणको फिफा महिला विश्वकप अहिले फ्रान्सका विभिन्न सहरमा चलिरहेको छ । समूह चरणका खेल जारी रहँदा मंगलबार अमेरिकाको प्रदर्शनले च्याम्पियन शैली झल्काएको छ । अमेरिका गत संस्करणको विजेता टोली हो । 

समूह एफ अन्तर्गत थाइल्यान्डविरुद्ध पहिलो खेल खेलेको अमेरिकाले गोलको वर्षा गर्यो । बलियो प्रतिद्वन्द्वी मानिएको थाइल्यान्डविरुद्ध १२ औं मिनेटबाट सुरु गरेको गोलको श्रृङ्खला इन्जुरी समयसम्म जारी राख्यो । त्यसक्रममा एलेक्स मोर्गनले पाँच गोल गरिन् । रोज लभिल्ला र सम मिवसले २–२ गोल गरे । कार्लि लियोड, मेगन, मल्लोरी, लिन्डेस होरनले १–१ गोल गरे । जितसँगै अमेरिका ३ अंकसहित समूह एफको शीर्ष स्थानमा छ । 
 
 

प्रतिकृया दिनुहोस
ad