site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा ८ वर्षीया बालिका बलात्कार र हत्या अभियोगमा ६ जना दोषी ठहर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पञ्जाब । भारतमा ८ वर्षीया बालिकालाई बलात्कारपछि हत्यामा दोषी ठहर भएपछि पञ्जाबको पठानकोट अदालतले पक्राउ परेका सातमध्ये ६ जनालाई दोषी ठहर गरेको छ । उनीहरुलाई के सजाय हुने भन्ने बारेमा अदालतले अन्तिम फैसला भने आज अपरान्हतिर दिने बताइएको छ । 

सो घटनामा आनन्द दत्ता, दीपक खजुरिया, साँझी राम, तिलक राज, सुरिन्दर र प्रवेश नामका व्यक्ति दोषी ठहर भएका छन् भने विशाललाई अदालतले रिहा गरेको छ । जम्मूको कठुवामा सन् २०१८को जनवरी महिनामा ८ वर्षीया एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । अदालतको फैसलापछि बालिकाकी आमाले मुख्य अभियुक्त साँझी रामलाई फाँसीको सजाय दिन माग गरेकी थिइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘‘मलाई राहत मिलेको छ । तर, न्याय त्यतिबेला मात्रै मिल्नेछ, जतिबेला मुख्य अभियुक्त साँझी राम र विशेष प्रहरी अधिकारी दीपक खजुरियालाई फाँसी हुन्छ । मेरो छोरीको अनुहारले आज पनि मलाई पीडा दिन्छ । यो पीडा जीवनभरी रहनेछ । जब म उसको उमेरका अरु बच्चा खेलेको देख्छु, त्यतिबेला म भित्रैदेखि टुट्न पुग्छु ।”

प्रहरीका अनुसार बालिकालाई त्यतिबेला केही दिनसम्म लागुऔषध खुवाएर बेहोस बनाएर राखिएको थियो । उनको शव करिब एक सातापछि प्रहरीले फेला पारेको थियो । यो मामिलालाई लिएर भारतभर नै  विरोध प्रदर्शन भएको थियो । सोसम्बन्धी सुनुवाई ३ जनवरीमा सकिएको भएपनि आजमात्रै फैसला सुनाइएको हो । सो घटनाका आठौं अभियुक्त भने नाबालिग हुन् । फैसला अघि जम्मू क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । 
(बीबीसी)
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro