site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
मोदीको विजयमा नेपाली दैनिक निरपेक्ष
Sarbottam CementSarbottam Cement

नेपालको छिमेकी देश भारतले करिब ढेड महिना लगाई सात चरणको निर्वाचन गराएर पुनः नरेन्द्र दामोदर मोदी नेतृवको भारतीय जनता पार्टीलाई दोस्रो कार्यकालका प्रचण्ड बहुमतसहित विजयी गराएको छ । भारतीय जनता पार्टीले लोकसभाका ५५२ स्थानमध्ये एक्लैले ३०४ स्थानमा विजय हासिल गरेको छ । मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक एलाएन्स (एनडीए) का अरू दलहरूसहित गरी सत्तारुढ गठबन्धनले ३५४ सिटमा विजय प्राप्त गरेको छ । सरकार बनाउन २७२ सांसदको समर्थन जरुरी हुन्छ । 

प्रधानमन्त्री मोदीको विजयलाई नेपाली दैनिक पत्रिकाले तटस्थभावले लिएको देखिन्छ । नाकाबन्दी लगाउने प्रधानमन्त्रीको विजयका रूपमा निराशा पनि प्रकट गरेका छैनन् भने खासै उत्साह पनि कसैले देखाएका छैनन् । स्पष्ट छ, नेपाली दैनिक पत्रिका अहिले पर्ख र हेरको मनःस्थितिमा छन् । 

भारतको निर्वाचनको विषयमा कान्तिपुर तथा अन्नपूर्ण पोस्टले शुक्रवारको पत्रिकामा सम्पादकीय लेखे भने नागरिक तथा हिमालय टाइम्सले आइतवारको अंकमा सम्पादकीय राय व्यक्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुरको सम्पादकीयमा लेखिएको छ – मोदीको सरकारले सन् २०१४ को निर्वाचनमा वाचा गरेजस्तो ‘अच्छे दिन’ आएन, बेरोजगारी बढ्यो । मोदीले धर्म निरपेक्ष देशमा हिन्दुत्वको नारा दिए, अल्पसंख्यक समुदायमा असुरक्षाको भय सिर्जना गरे, जनताको भान्सामा के पाक्छ भनेर निगरानी बढाए तथा उनको पहिलो कार्यकालमा लोकतन्त्रको ठूलो क्षयीकरण भयो । कान्तिपुरले लेखेको छ – भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गर्दै मोदीलाई प्रतिष्ठित अमेरिकी पत्रिका ‘टाइम’ले ‘प्रमुख विभाजक’को संज्ञा दिएको सम्झाउँदै उनले भारतीय जनताको मन जोड्छन् कि फटाउँछन् सो आगामी दिनले बताउनेछ । 

कान्तिपुर लेख्छ – मोदीको दोस्रो कार्यकालमा नेपाल–भारत सम्बन्ध कस्तो होला भन्ने चासो छ । अघिल्लो कार्यकालको पाँच वर्षमा मोदीले नेपालको चारपल्ट भ्रमण गरेका र त्यस अवधिमा नेपाल तथा भारतको सम्बन्ध तिक्ततापूर्ण अवस्थाबाट अहिले स्वाभाविक लयमा आएको छ । नेपालमा धर्मभीरु राजनीतिमार्फत दक्षिणपन्थ हुर्काउन खोज्ने प्रवृत्ति भित्रभित्रै चलायमान भएको भन्दै सो शक्ति मोदीको जितपछि पुनः हौसिन सक्ने कान्तिपुरले अनुमान गरेको छ । नेपालको आन्तरिक मामिलामा भारतको चासो कम हुन्छ–हुँदैन, नेपालमा भारतद्वारा संचालित परियोजना समयमै सकिन्छ–सकिँदैन भन्नेले पनि सम्बन्धको स्तरमा फरक पार्नेछ भन्ने कान्तिपुरको टिप्पणी छ । 

Global Ime bank

शुक्रबारको सम्पादकीयमा अन्नपूर्ण पोस्टले भारतीय निर्वाचनका विषयमा विपक्षीले नोटबन्दी, बेरोजगारी, किसानको खराब अवस्था, जीएसटीका विफलता, राफेल विमान सम्झौतामा भएको भ्रष्टाचारजस्ता विषय उठाएको भएता पनि मोदी अझ सबल बनेको टिप्पणी गरेको छ । नेपाल तथा भारतको सम्बन्ध मोदीको कार्यकालमा कसरी अघि बढ्छ भन्ने विषयमा अन्नपूर्ण पोस्टले पनि केही शंका देखाएको छ । नेपालको संविधानलाई पहिले ‘नोट’ मात्र गर्ने अनि पछिल्लो समयमा सफल रहोस् भन्ने शुभकामनामात्र दिएको र नेपाल तथा भारतका प्रबुद्ध समूहले तयार पारेको ईपीजी प्रतिवेदन अहिलेसम्म स्वीकार गरिनसकेको विषय पनि पोस्टले उठाएको छ । पोस्ट लेख्छ – सो प्रतिवेदन भारत सरकारले स्वीकार गरेर सोहीअनुरुप सम्बन्ध अघि बढाउनसके र नेपालको आन्तरिक मामिलामा दखल नदिए नेपाल तथा भारतको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नसक्छ । 

आइतवारको नागरिकको सम्पादकीयमा लेखिएको छ – ‘‘पहिलोपल्ट प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायत विषयमा अनावश्यक चासो देखाएको भन्दै मोदी आलोचित भएको’’ कारणले पनि अब नेपालको सन्दर्भमा भारतको कस्तो भूमिका हुन्छ भन्ने विषयमा नेपालमा चासो देखिएको हो । भारतीय निर्वाचन परिणामको विषयमा टिप्पणी गर्दै नागरिक लेख्छ – ‘‘मोदीको कार्यकालको सुरुआतमा नेपालले जुन किसिमको समस्या भोगेको थियो त्यसैलाई आधार बनाएर फेरि पनि त्यस्तै होला भन्ने आशंका गर्न जरुरी छैन । कर्मचारीतन्त्रलाई मात्रै जिम्मा नदिएर मोदी आफैँ यस विषयमा बढी संवेदनशील भएका कारण पनि समस्या समाधानका लागि उपयुक्त राजनीतिक एवं कूटनीतिक वातावरण बन्ने संभावना छ ।’’

मोदीको दोस्रो कार्यकालमा नेपालमा उनको हस्तक्षेप कस्तो हुन्छ भन्ने आकलन गर्ने क्रममा नागरिक लेख्छ – अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक एवं आर्थिक परिदृश्य जुन हिसाबले अघि बढिरहेको छ यो अवस्थामा मोदीले चाहेर पनि नेपालमा हस्तक्षेप गर्ने संभावना देखिँदैन । नेपालमा हस्तक्षेप गरेर भारतलाई खासै फाइदा नभएकाले पनि सम्बन्ध उतारचढावपूर्ण हुने अवस्था छैन ।

हिमालय टाइम्स पनि आइतवारको सम्पादकीयमा मोदीको विजयप्रति निरपेक्ष देखिएको छ । मोदीको छिमेक नीति भारतमै पनि आलोचित भएको भन्दै उनले नेपालसँगको सम्बन्धमा कर्मचारीतन्त्रलाई हावी हुन नदिएर राम्रो कदमको सुरु गरेको भए पनि नाकाबन्दी लगाएर सो प्रयास ओझेलमा परेको जनाएको छ । मोदीको पहिलो कार्यकालमा ईपीजीको प्रतिवेदन नबुझेको, सार्कलाई अघि बढाउन नखोजेको तथा छिमेकी सशंकित रहेकोतर्फ पनि हिमालय टाइम्सले संकेत गरेको छ । मोदीका नीतिको भारतीय जनताले अनुमोदन गरेको भए पनि उनी कठोर बन्दै जाने संभावना भने निकै कम देखिएको हिमालय टाइम्सले लेखेको छ । हिन्दु धर्मको पक्ष पोषकले यो विजयलाई निकै महत्त्वपूर्ण रुपमा लिएको भए पनि मोदीको अनुमोदनले नेपालको लागि अन्यथा हुनुपर्ने कुनै कारण छैन भन्ने हिमालय टाइम्सको सम्पादकीय धारणा रहेको देखिन्छ । 
राजधानी दैनिकले यस विषयमा थोरै मोदीको पक्षमा वकालत गरेको देखिन्छ । भारतीय जनता पार्टीले देश र जनताको लागि अन्य दलभन्दा केही न केही जनसेवामुखी काम गरेको यस निर्वाचनले स्पष्ट देखाएको भन्दै राजधानी भन्छ, “नेतृत्वको हिसाबले भारतका समकालीन नेताहरूमा मोदीको प्रतिस्पर्धी भएर उभिने गरी अरु दलका नेताको वैचारिक प्रौढता, परिपक्वता, गाम्भीर्य र कार्यनीति गतिलो नभएको प्रस्ट हुन्छ ।” क्रिस्चियानिटीको बढ्दो अतिक्रमण र हिन्दु सभ्यताको अस्तित्वको खतरा धार्मिक तथा सांस्कृतिकरुपमा भारतीय जनताका लागि निकै पीडाको विषय भन्दै राजधानी लेख्छ, यी सबै विषयमा भाजपाले जनताको मन जित्न सफल भएकोले बहुमत ल्याएको हो ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC