site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री आज फर्किदै, ‘असंसदीय शब्द’को रेकर्डबारे के भन्लान् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी आफ्नो विदेश भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री साँझ ७ बजे स्वदेश फर्किने उनका प्रेस सहयोगी चेतन अधिकारीले बाह्रखरीसँगको कुराकानीमा जानकारी दिए । उनी गएको बिहीबार भियतनाम र क्याम्बोडियाको भ्रमणमा गएका थिए । उनी  भियतनामी समकक्षी गुएन झुवान फुक र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा दुई देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनले आजदेखि मे १३ सम्म भियतनामको र मे १३ देखि १५ सम्म क्याम्बोडियाको भ्रमण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका समकक्षीसँग दुवै देशको प्रतिनिधिमण्डलसहितको दुई पक्षीय वार्ता गरेका थिए । प्रधानमन्त्रीले त्यहाँको राष्ट्रिय सभाका अध्यक्षलाई भेट्नुका साथै भियतनामका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको रात्रीभोजमा पनि सहभागिता जनाएका थिए । भियतनाम भ्रमणको क्रममा प्रधानमन्त्रीले इन्टरनेसनल डे अफ वेशकको कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए । सो कार्यक्रम हा नाम प्रान्तमा भएको थियो । 

उनले हो चि मिन्ह नेशनल एकेडेमी अफ पोलिटिक्स र नेपाल– भियतनाम बिजनेश फोरमलाईपनि हनोइमा सम्बोधन गरेका थिए । सो अवसरमा दुई देशबीच केही समझदारीमा हस्ताक्षर पनि भएको थियो । 

Global Ime bank

प्रधानमन्त्रीले भियतनाममा  सिनेटका अध्यक्षलाई पनि भेटेका थिए । उनले क्याम्बोडियाको नोम्पेन्हमा बिजनेश बैठकलाई समेत सम्बोधन गरेका थिए । प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, विदेशमामिला सल्लाहकार,सांसदहरु,उच्च पदस्थ सरकारी अधिकारीहरु,स्थानीय तहका निर्वाचित पदाधिकारीहरु, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी समेत रहेका छन् ।

अब के हुन्छ ?

प्रधानमन्त्री विदेश भ्रमणमै गएको बेलामा उनले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा बोलेका केही शब्दलाई असंसदीय भन्दै सभामुख कृष्णबहादुर महराले संसदको रेकर्डबाट हटाउन लगाएका थिए । प्रधानमन्त्रीले निम्छरा, कुण्ठा जस्ता शब्द प्रयोग गरेकोमा विपक्षीले आपत्ति जनाएको थियो ।

तर, प्रधानमन्त्री विदेश गएको बेलामा उनले बोलेका शब्दलाई असंसदीय  भनेर रेकर्डबाटै हटाउने अवस्था सिर्जना भएको नेपालको इतिहासमै पहिलो पटक हो । प्रधानमन्त्रीले यसबारेमा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा खुलिसकेको छैन । तर, उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने केही दिन अघि ट्विट गर्दै त्यसमा प्रश्न उठाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement