काठमाडौं । नेपाल पुलिस क्लब पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको साँघुमा बुधबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो ।
पुलिसले गण्डकीलाई पहिलो सेटमा २५-१५ हराएको थियो । त्यस्तै दोस्रो सेटमा २६-२४ र अन्तिम सेटमा २५-१७ को सोझो जित निकालेको हो । पुलिसले अव बुधबार फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।
दुबै टोलीबीचको सेमिफाइनल खेल बुधबार नै हुनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने छ ।