site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जोखिम बुझौं, लगानी गरौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । अधिकांश लगानीकर्ता जोखिमको अर्थ बुझ्दैनन् । साथै, अधिक सतर्क भएर लगानी गर्ने लगानीकर्ताचाहिँ जहाँसुकै जोखिम देख्छन् । अर्कोतिर, आक्रामक लगानीकर्ता भने केवल प्रतिफलको पछि दगुर्छन् । यसरी तरहतरहका लगानीकर्ताले भोग्नुपर्ने जोखिमबारे यहाँ चर्चा गरिन्छ । 

तपाईं यदि केवल प्रतिफल (रिटर्न)को अपेक्षामा लगानी गर्नुहुन्छ भने नोक्सान हुँदा हतोत्साही हुने सम्भावना ज्यादा हुन्छ । यसलाई तपाईंको व्यवहारसँग जोडिएको जोखिम भन्न सकिन्छ । आफ्नो ‘रिस्क प्रोफाइल’मा ध्यान दिन सक्दा यस्तो अवस्थाबाट बच्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सेयरबजार कतिपय समयमा तरल हुन्छ । यो अस्थिर पनि हुन सक्छ । नेपालको अवस्थामा त सेयरबजार प्रायः अस्थिर वा अनुमान गर्नै नसक्ने पनि भएको देखिन्छ । यस्तोखालको जोखिमबाट बच्न सेयर विविधिकरण (डाइभर्सिफिकेसन) गर्नुपर्ने हुन्छ । आफ्नो जरुरतअनुसार इक्विटी, गोल्ड, रियल इस्टेटलगायतका क्षेत्रमा लगानी गर्नु बुद्धिमानी हुन्छ ।

तपाईं यदि सेयर लगानीबाट प्रतिफल आउला र दैनिक व्यवहार सहजतापूर्वक चलाउँला भन्ने सोचिरहनुभएको छ भने गाह्रो पर्न सक्छ । तपाईंले पाउने प्रतिफल र हिजोआजको बजारभाउबीच कतै तालमेल देखिँदैन । कुनै पनि समय अकासिन सक्ने बजारभाउलाई सम्हाल्नका निम्ति तपाईंले इक्विटीमा लगानी नगरी सुखै छैन । 

Global Ime bank

तपाईंले कतै बैङ्क वा कुनै वित्तीय संस्थामा पैसा राख्नुभएको छ र त्यसबाट प्राप्त हुने प्रतिफलबाट व्यवहार चलाउने सोच्नुभएको छ भने पनि कहिलेकाहीँ अप्ठेरो पर्न सक्छ । नेपालको परिप्रक्ष्यमा ब्याजदर कतिपय अवस्थामा अविश्वसनीय बन्ने गरेको छ । ब्याजदर पनि बजारसँगै जोडिएको हुन्छ । यस्तो अवस्थामा सेयर विविधिकरणले मद्दत पु¥याउन सक्छ ।  

विभिन्न वेबसाइटको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC