काठमाडौं । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिलकुमार ज्ञवालीले प्राधिकरण स्थपनाको पाँच वर्षमा सम्पूर्ण पुनर्निमाणका कामहरु सम्पन्न गर्ने दाबी गरेका छन् ।
भूकम्प गएको चार वर्ष पूरा हुँदैछ । यसै अवसरमा पुनर्निमाणका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सीईओ ज्ञवालीले प्राधिकरण स्थापनाको पाँच वर्षमा क्षति भएका सम्पूर्ण संरचनाको पुर्नर्निमाण गरिसक्ने बताएका हुन् ।
प्राधिकरण स्थापनाको ४० महिनाको अवधिमा ६५ प्रतिशत पुर्नर्निमाणको काम पूरा भएको र ३५ प्रतिशत पुर्नर्निमाणको क्रममा रहेको उनले जानकारी दिएका हुन्
०७२ वैशाख १२ गते महाभूकम्पले ठूलो जनधनको क्षति भएको थियो । ०७२ माघमा प्राधिकरणको स्थापना गरिएको थियो ।