काठमाडौं । शिवम् सिमेन्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा साधाराणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा कम्पनीले साधारण सेयरधनीहरुमा सेयर निष्काशन गरेको करिव २ महिना भित्रमा सर्वसाधारण सेयर धनीहरुले समेत पाउनेगरी १५ प्रतिशतका दरले रु ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांस करम समेत वाँडफाँड गर्ने बताएको छ ।
समान उद्देश्य भएका अन्य कम्पनी प्राप्ती, उत्पादन क्षमता अभिवृद्धि, उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको सेयर खरिद गरी थप उद्योग स्थापना गर्ने कार्य अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्न सेयर समूहको प्र्रतिनिधित्व गर्दै अलका गोयल निर्विरोध निर्वाचित भएकी छन् ।