site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आशिष र सरस्वतीलाई स्वर्ण
Sarbottam CementSarbottam Cement

दाङ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन् । आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका हुन् । दुवै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए ।

दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धा्रित दूरी २१.८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक चौधरी दोश्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेश्रो भए । महिलाको निर्धा्रित दूरी तय गर्न सरस्वतीले २६.२६ सेकेन्ड समय खर्चिन् । प्रदेश ५ की जयरानी चौधरी दोश्रो तथा आर्मीकी कृष्णा चौधरी तेश्रो बने ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओली पहिलो भए । उनले ३७.०२ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोश्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मीकी अमृता महतो पहिलो भइन् । अमृताले ३६.०३ मिटरको प्रदर्शन गरिन् । प्रदेश ५ की संगीता अधिकारी दोश्रो तथा एपीएफकी जितकुमारी महतो तेश्रो स्थानमा रहे ।

पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते । उनले १.८५ मिटर उचाई नाघे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कांस्य जिते । सो स्पर्धाको महिलामा १.५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन् । आर्मीकी संगीता सिन्जाली दोश्रो भइन् । प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC