site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको शानदार जित, ओमान १५० रनले पराजित 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको चौथो खेलमा ओमानविरुद्ध १ सय ५०  रनको जित निकालेको छ । २ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले १ सय ५० रनको सहज जित निकालेको हो । 

पवन सराफ र सूर्य तामाङको कसिलो बलिङमा ओमानका ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । अमनप्रित सिरह र जिल टन्नाले समान १३–१३ रन बनाए । ओपनर अदिल अब्बास, आजम अलि र अर्जुन सारिथाले समान ८–८ रन बनाए । नेपालका पवन सराफले ३ विकेट लिए । सूर्य तामाङ र प्रतिश जिसीले २ विकेट लिँदा कुशल मल्ल, भिम सार्की र कमलसिह ऐरीले १–१ विकेट लिए । 

Agni Group
NIC Asia

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा अलआउट हुँदै २ सय २९  रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए । ८१ बलको सामना गरेका रोहितले ५ चौका र २ छक्का प्रहार गरेका थिए । 

चौथो नम्बरमा ब्याटिङ गरेका रोहित आजम अलिको बलमा मेहतामार्फत् क्याच भए । रोहितपछि भिम सार्कीले सर्वाधिक ३९ रन बनाउँदा प्रतिस जिसीले बिस्फोटक ब्याटिङ गरे । लगातार विकेटपछि अन्तिम अवस्थामा नेपालको इनिङ्स सम्हालन आएका प्रतिशले ४१ रन बनाए । २३ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । 

Global Ime bank

नेपालले अब समूहको अन्तिम खेल कुवेतसँग खेल्नेछ । छनोटका लागि नेपालले कुवेतसँगको जितसँगै युएईको नतिजामा समेत भर पर्नु पर्नेछ । युएई पराजित भएको अवस्थामा नेपाल छनोट हुने सम्भावना रहनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu