site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
श्रमजीवी पत्रकारका नाममा भिडे सरकार र मिडिया 
Sarbottam CementSarbottam Cement

कान्तिपुर दैनिकले चैत २१ गतेको अंकमा मुख्य समाचार बनायो, ‘प्रेस पासमा अंकुश’ । सो समाचारको अन्तर्य थियो पत्रकार, कामदार र कर्मचारीहरूको वैयक्तिक विवरण बुझाउन सरकारले बाध्य पार्‍यो र यसले पत्रकारको गोपनीयताको हक सम्बन्धी संवैधानिक अधिकार मिच्यो । समाचारअनुसार प्रेस पास जारी गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जुन प्रकारको शर्तहरू अघि ल्याएको छ त्यसले पत्रकारले बैंकको स्टेटमेन्ट बुझाउनुपर्ने भएका कारण पत्रकारको गोपनीयता भंग हुने देखिएको छ । विभागले पत्रकारको प्रेस पास नवीकरण गर्नका लागि संचार संस्थाले पनि बैंकमा तलब जम्मा गरेको पे रोल बुझाउनु पर्ने र पत्रकारले पनि बैंक स्टेटमेन्ट दिनुपर्ने परिपत्र जारी गरेको छ । 

कान्तिपुरको समाचार प्रकाशित भएसँगै नेपाल मिडिया सोसाइटीले प्रेस नियन्त्रण गर्ने खालका आदेश र निर्देशन तत्काल सच्याउन सरकारसित माग गर्दै प्रेस विज्ञप्ति निकाल्यो । यो विज्ञप्तिलाई कान्तिपुरले एक कोलमको मुख्य समाचार बनायो भने नागरिकले ‘मिडिया सिध्याउने खेल’ शीर्षकमा प्रथम पृष्ठको पुछारमा दुई कोलमको समाचार बनायो । हिमालय टाइम्सले पनि यो समाचारलाई प्रथम पृष्ठमा स्थान दियो । तर, अन्नपूर्ण पोस्ट तथा नयाँ पत्रिकाले यो समाचारलाई स्थान दिएनन् । राजधानीले तेस्रो पृष्ठमा प्रकाशित गर्‍यो । अर्थात्, यो विषयमा दैनिक पत्रिका आफैँ पनि विभाजित देखिए । अझ अस्वभाविक के देखियो भने प्रेस स्वतन्त्रता निमोठ्न सरकार उद्धत देखिएको भनेर समाचार प्रकाशित गर्ने सम्पादकहरूले समेत यो विषयमा सम्पादकीय पनि लेखेका छैनन् । यसको अर्थ यस विषयमा सम्पादक तथा प्रकाशककै विचार एक समान हुन नसकेको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले यस विषयमा गोरखापत्रमार्फत जवाफ फर्काएको छ । गोरखापत्रको शनिबारको अंकमा ‘सरकारको कदम श्रमजीवी पत्रकारको पक्षमा’ शीर्षकमा समाचार प्रकाशित गरिएको छ । सरकारको कदमलाई वैयक्तिक गोपनीयताको हकसित जोडेर श्रमजीवीलाई थप शोषण गर्ने सञ्चार प्रतिष्ठानको नियतविरुद्ध सरकार कठोर भएर लाग्नुपर्ने सुझाव श्रमजीवी अगुवाहरूको छ, गोरखापत्र लेख्दछ । 
यस विषयमा देशका प्रमुख दैनिक तथा सरकारको संघर्ष कुन मोडमा पुग्छ आउने दिनमा देखिने छ । 

हावाहुरीमा झल्क्यो मधेसको महत्व

Global Ime bank

गतसाता चैत १७ गते नेपालको दक्षिणी भूभागमा ठूलो आँधी, हुरी र वर्षा भयो । आइतबार रातिनै सबैजसो दैनिक पत्रिकाले सो हावाहुरीमा परेर कम्तीमा २५ को मृत्यु भएको खबर पाएका थिए । तर केन्द्र र पहाड केन्द्रित मनस्थितिका कारण धेरै दैनिक पत्रिकालाई यो समाचारको गहनता बुझ्न २४ घण्टाभन्दा बढी समय लाग्यो । 

देशको कुनैपनि भागमा एउटै प्राकृतिक प्रकोप वा घटनाका कारण एकैपल्ट दर्जनौं व्यक्तिको ज्यान जानु र सयौंको संख्यामा घाइते हुनु राष्ट्रिय दैनिकका लागि निकै ठूलो समाचार हुनुपर्ने हो । तर चैत १८ गते सोमबारको नयाँ पत्रिकाले बाहेक अन्य कुनैपनि दैनिकले यो समाचारलाई ठूलो समाचार देखेनन् । नयाँ पत्रिकाले सात कोलममा तस्बिरसहित सात कोलममा समाचार बनायो । नयाँ पत्रिका पछि गोरखापत्रका सम्पादकले समाचारको महत्व बुझेको देखियो । गोरखापत्रले चार कोलमको मुख्य समाचार बनायो भने त्यसपछि कान्तिपुरले साढे तीन कोलम तथा नागरिकले दुई कोलमको मुख्य समाचार बनायो । अन्नपूर्ण पोस्टले यो समाचारलाई एंकर मात्र बनायो । हिमालय टाइम्स तथा राजधानीले सो दिन यो समाचार पाएनन् वा निश्चित गर्न नसकेर समाचार प्रकाशित गरेनन् । 

मंगलबारसम्ममा सबैजसो दैनिक पत्रिकाले यो समाचारको गहनता बुझेको देखियो । सबै पत्रिकाले आफ्ना संवाददाता पठाएर घटनाको सम्पूर्ण विवरण र पीडितको राहत र उद्धारमा भएका घटनाको समाचार संप्रेषण गरे । सबैजसो दैनिकले आठ कोलम र सात कोलममा यो समाचारलाई महत्व दिए । मंगलवारका सबै दैनिक पत्रिकाले बारामा भएको ठूलो प्राकृतिक प्रकोपको समाचारका विषयमा सम्पादकीय पनि लेखे । सबैले यस्तो विपत्को पूर्वसूचना हुनुपर्ने तथा राहतको कार्यमा कुनैपनि तवरले ढिलाई नगर्न सम्बद्ध सबैलाई सुझाए । बुधबारका दैनिक पत्रिकाले पनि यो दुःखद त्रासदी र पीडितको राहतको समाचारलाई महत्व दिएर प्रकाशित गरे । राहत कार्यमा ध्यान कम पुगेको तथा नाम मात्रको राहत लिएर धेरैको भीड जम्मा भएको समाचारलाई पनि दैनिक पत्रिकाले समाचारको विषय बनाए । 

बिहीबारसम्म आउँदा राहत वितरणमा भएको अनियमितता तथा भद्रगोलको समाचार बन्न थाल्यो । नागरिकको शीर्षक थियो, ‘कतै राहतको खात, कतै पुर्पुरोमा हात’ । त्यस्तै राजधानीले लेख्यो, ‘सक्कलीको नाममा नक्कलीको रजाइँ’, अन्नपूर्ण पोस्टको शीर्षक रह्यो, ‘भित्री बस्तीमा पुगेन राहत’ र नयाँ पत्रिकाले लेखयो, ‘दोहोरिए विपत् : खुलेन चेत’ । शुक्रबार पनि नागरिकले ‘राहत वितरण अव्यवस्थित’ शीर्षकमा मुख्य समाचार बनायो । कान्तिपुरले टेन्टको तस्बिर प्रकाशित गरेर समस्याको समाधान हुँदै गरेको संकेत प्रदान गर्‍यो । नयाँ पत्रिकाले मधेसमा भएका विपत्तिको श्रृङ्खलाको समाचार प्रकाशित गर्‍यो । हिमालय टाइम्स, गोरखापत्र तथा अन्नपूर्ण पोस्टले सेनालाई प्रभावित घर बनाउने जिम्माका समाचारलाई आशाको संचार भएको रुपमा समाचार प्रकाशित गरे । कान्तिपुरले आइतवार सामूहिक मेस बन्द भएको कारण हुरीपीडित चिउरा, बिस्कुट, चटपटेको भरमा परेको समाचारलाई सात कोलमको ठूलो समाचार बनायो । नागरिकले शनिवारको अंकमा सचेत नभए अर्को विपत्को खतरा शीर्षकमा समाचार बनायो र सो सँगै सहयोगी हातभन्दा रमिते बढी भएको बक्स समाचार बनायो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC