site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'जनता निराश भए मुलुक असफलतातर्फ जान सक्छ\'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि देशमा असन्तोष र आन्दोलनको अवस्था आयो भने मुलुक असफलतातर्फ जाने बताएका छन् । राष्ट्रिय विकास परिषद्को बुधबारबाट शुरु भएको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गएको ७० वर्षदेखि गरिएको आन्दोलनको परिणाम स्वरुप अहिले मुलुकमा  परिवर्तन आएको र योजना बनाउँदा यस विषयमा ध्यान दिनुपर्ने जनाएका छन् । 
उनले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने खालको उद्योगको देशमा जरुरी रहेको उल्लेख गर्दै  जलविद्युत्जस्ता कुरालाई प्राथमिकतामा राखेर विकास गर्नेतर्फ हामीले ध्यान दिनुपर्ने जनाए ।
लामो संघर्षपछि आएको परिवर्तनलाई दीगो राख्न जरुरी रहेको चर्चा गर्दै प्रचण्डले  देशमा अहिले असाधारण खालको अवस्था सिर्जना गरिएको उल्लेख गरे । त्यसलाई थप प्रष्ट गर्दै उनले देश अस्थिरताबाट स्थिर अवस्थामा आइपुगेको र जनअपेक्षा पनि बढेको उल्लेख गरे । ‘‘हामी कति सफल हुन्छौं त्यो अग्निपरीक्षा हामी सामु छ,’’ दाहालले भने । 
दुई तिहाईको सरकार त्यसै नबनेको चर्चा गर्दै उनले  यसको लागि सबैको महत्वपूर्ण भूमिका रहेको जनाए । सबैकुरामा विगतबाट शिक्षा लिएर अघि नबढे अप्ठेरो पर्न सक्ने उल्लेख गर्दै उनले परिस्थितीलाई ख्याल गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
जनताले सोचेअनुसार काम गर्न नसके जनतामा निराशा आउने उल्लेख गर्दै उनले जनतामा निराशा आयो भने पहिलाको जस्तो सहज ढंगले परिवर्तन हुन निकै अप्ठेरो हुने जनाए । 
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै विकासको अपेक्षा पूरा गर्न मुखले मात्रै होइन, साँच्चै काम गर्नुपर्ने उल्लेख गरे ।  उनले आफूले मलेशिया र सिंगापुरका नेताहरुलाई भेट्दा उनीहरुले निजी क्षेत्रसँग साझेदारी गरेपछि मात्रै विकास सम्भव भएको बताएको उल्लेख गरे । त्यसैले नेपालमा पनि संविधानको भावना अनुरुप त्यता तर्फ ध्यान दिनुपर्ने कुरामा उनको जोड छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC