site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नेपालको पर्यटक बसले ठक्कर दिँदा उत्तर प्रदेशमा ५ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालबाट गएको एक पर्यटक बसले भारतको उत्तर प्रदेशको पिलिभिटमा एक कारलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ ।  इन्डियन एक्सप्रेसले आज जनाएअनुसार घटना शनिबार बिहान भएको हो । उक्त घटना उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेली सडकमा भएको थियो । 

सो बसमा रहेका नेपालबाट गएका केही यात्रुहरु समेत घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दैै समाचारमा जनाइएको छ ।  सो बस प्रहरीले नियन्त्रणमा लिएको र चालक भने भागेको समाचारमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा मृत्यु हुनेमा ६० वर्षीय मुन्ने मन्सरी, उनकी पत्नी ५४ वर्षीया मुन्नी बेगम, मन्सरीका जेठान ५५ वर्षीय जमील अहमद, जेठानकी पत्नी ४७ वर्षीया नसरिन बेगम र नसरिनका ज्वाईं २५ वर्षका आजम रहेको प्रहरीले जनाएको छ ।  पिलिभिटका प्रहरी अधिकृत योगेन्द्र कुमारले कार बरेलीतर्फ जान लाग्दा नेपालको पर्यटक बससँग ठक्कर खाएको, आगलागीसमेत भएको र खाल्डोमा परेको जनाएका छन् । 

उनीहरुलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार बसमा रहेका ५ जना यात्रु पनि घटनामा सामान्य घाइते भएका छन् ।  लापर्बाहीका कारण मानिसको मृत्यु भएको भन्दै नाम नखुलेका चालकविरुद्ध फस्ट इन्फर्मेसन रिपोर्ट (एफआइआर) दर्ता गरिएको प्रहरीले जनाएको छ । बसका बाँकी यात्रुले भने सो स्थान छोडिसकेको प्रहरीले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  ०४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC