काठमाडौं । काठमाडौंमा शुक्रबारबाट जारी नेपाल लगानी सम्मेलन- २०१९ मा सहभागी लगानीकर्ताहरुले लगानीकर्ताको आवश्यकता बुझेर पूर्वाधार विकास गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै होंशी सिमेन्टका उपाध्यक्ष सु गाङले सरकारलाई लगानीकर्ताको आवश्कता बुझेर पुर्वाधार विकास गर्न सुझाव दिएका हुन् ।
उनले भने, "नेपालमा लगानीको ठूलो सम्भावना छ तर लगानीको वातावरण बनाउन सरकार दृढ र प्रतिबद्ध हुनुपर्दछ।"
होंशीले नेपालको पूर्वाधार विकास दीगो बनाउनेमा उनले बताएका थिए । उनले भने, "उत्कृष्ट गुणस्तरको सिमेन्ट उत्पादन गर्न कम्पनी प्रतिबद्ध छ । लगानीकर्तालाई कमेफोर्टेबल बनाउनुपर्छ र उनीहरूको आवश्यकता सरकारले बुझ्नुपर्दछ ।"
प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गरेको सम्मेलन शनिबारसम्म चल्ने छ ।
फाइल तस्बिर