site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ यस वर्ष नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष शिव गाउँलेलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत छनोट समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाल पत्रकार महासङ्घ मोरङले महासङ्घ स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको सो पुरस्कारको राशि रु ५१ हजार छ । 

यसैगरी यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ नयाँ पत्रिका दैनिकका प्रदेश नं १ समाचारदाता गणेश लम्साललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ११ हजार छ । दुवै पुरस्कार यही चैत १६ गते महासङ्घको ६४औँ स्थापना दिवसका अवसरमा प्रदान गरिने छ । सूचनाको अधिकारका क्षेत्रमा क्रियाशील विराटनगर–११ का केदारबहादुर बस्नेतले धर्मपत्नी षष्टिकाको स्मृतिमा २०७३ सालमा सो पुरस्कार स्थापना गरेका हुन् । बस्नेतले पुरस्कारका लागि नेपाल पत्रकार सङ्घ मोरङअन्तर्गत रु सात लाखको अक्षयकोष स्थापना गरेका छन् ।  

उक्त पुरस्कार सूचनाको हक प्राप्तिका लागि जागरण अभियानको नेतृत्व गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ । पुरस्कार २०७४ सालदेखि प्रदान गरिँदै आएको छ । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, पत्रकार यज्ञ शर्मा र सूचना अभियानकर्मी निर्मल तामाङ रहेको छनोट समितिले पुरस्कारको निर्णय गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC