साहित्य
काठमाडौं । यो हप्ताको युट्युव हिट (Top 5 Music Videos Of The Week) मा नव गायिका सुष्मा राईले बाजी मारेकी छन् । उनको ‘नबाँडन’ बोलको गीतले यो हत्ता सबै गीतलाई उछिन्यो ।
अघिल्लो हप्ता सार्वजनिक भएको उनको म्युजिक भिडियोले सबैलाई उछिनेर नम्बर एक स्थान ओगटेको हो । ‘नबाँडन’ मा राई स्वयमकै शब्द छ भने भिडियो पनि उनी आफैले निर्देशन गरेकी छन् । भिडियोमा पनि आफैले मोडलिङ गरेकी छन् । संगीत भने कल्याण सिंहले भरेका छन् । सुष्माको यो पहिलो गीत हो । पहिलो गीतले पहिलो हप्तामै सफलता प्राप्त गरेकोमा उनले खुसी ब्यक्त गरिन् ।
दोस्रो स्थानमा छ–समय खड्काको ‘हराउनेलाई’ । यो गीतमा शब्द तथा संगीत पनि गायक खड्का आफ्नै छ । रविन र प्रतिमाले मोडलिङ गरेका छन् ।
‘एडिकको जिन्दगानी’ तेस्रो स्थानमा छ । यसमा समिर ठकुरीको स्वरमा रहेको गीतमा शब्द पनि गायक स्वमकै छ । गीतमा एडिकको लतबारे उल्लेख गरिएको छ । भिडियोमा सुरेश, सिशम, रोशन र स्मृतिले अभिनय गरेका छन् ।
युट्युव हिटको चौथो स्थानमा रहेको छ, बिनोद बीसीको कति ‘सपना सजाएँ’ । यो गीतमा शब्द मनोज बन्धनको छ भने संगीत गरेका छन्–सुनिल रोक्काले । म्युजिक भिडियोमा गणेश, शशीकला र बीरले अभिनय गरेका छन् ।
पाँचौ स्थानमा छ–‘शिरैमा शिरफूल’ ।–‘शिरैमा शिरफूल’मा स्वर मिना राईको छ । शब्द तथा संगीत मिना राई स्वयमको रहेको गीतको भिडियोमा शान्ता राई, किशोर राई र बन्दना राईले अभिनय गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३ १८:१५
प्रतिक्रिया दिनुहोस्