site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
होलीको रङले क्यान्सरको खतरा  ! कसरी जोगिने ?
SkywellSkywell

काठमाडौं । थापागाउँ बस्ने नसिमा राउतलाई होलीका रङहरुमा सजिन निकै मन पर्छ । उनी हरेक वर्ष मज्जाले आफन्त तथा साथीहरुसँग होली खेल्ने गर्छिन् । उनलाई पहिले पहिले कहिलेकाहीँ छालामा रङ पर्दा अलिअलि चिलाउने मात्र हुन्थ्यो, सफा गरेपछि केही समस्या देखिदैन् थियो । तर गत वर्ष भने उनलाई होली खेल्दा छाला चिलाउने मात्र भएन, छालामा रातो डावर आउने अथवा फोका आउने र पोल्ने पानी बग्नेसमेत समस्या देखियो । 

उनी तुरुन्तै छाला रोग विशेषज्ञसँग परामर्श लिँदा पो थाहा भयो - होलीमा प्रयोग हुने रंग घातक रहेछ जसले छालामा विभिन्न समस्या निम्त्याएको रहेछ। "तुरुन्त छाला रोग विशेषज्ञकोमा जचाउँन गए । अनि मात्र थाहा भयो रङको इन्फेक्सन भएको रहेछ,” उनले सम्झिइन्। 

त्यसैगरी बानेश्वरकी लक्ष्मी पाठकको समस्या नसिमाकोभन्दा झन भयानक छ । उनी आफन्तसँग रमाईलोगरी होली खेलिरहेको समयमा कानमा रङ् पर्‍यो । कान चिलाउँने, पोल्ने, दुख्ने र पानीसमेत बग्ने समस्या देखियो । तुरुन्तै कानमा परेको रङ पानीले सफा गरिन तर समस्या निको भएन् । उनी विशेषज्ञकोमा उपचारका लागि गईन् । “समयमै चिकित्सक काँहा पुगेँ उपचार गरेर केही दिनको औषधी समेत सेवन गर्नुपर्‍यो”, उनले भनिन् । उनको कानको जाली नै सुन्निएको चिकित्सकले बताएका थिए । यी केही प्रतिनिधि घटना मात्र हुन् ।

Dabur Nepal
NIC Asia

पछिल्लो समयमा होलीमा प्रयोग हुने रङका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै दीर्घ रोगहरुसमेत देखिन सक्ने चिकित्सकहरुले बताएका छन् । 

वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा ढुन्डिराज पौडेलले होलीमा प्रयोग हुने रङहरु नाक, कान र मुखभित्र परेमा चिलाउँने पोल्ने आदि समस्या देखिने गर्छ भने कतिपयलाई दिर्घकालिन कान पाक्ने समेत समस्या देखिने बताए । उनले भने, “होलीमा प्रयोग हुने रङ नाक अथवा मुखमा परेमा फोक्सोको संक्रमण हुने, कानभित्र परेमा कान पाक्ने र संक्रमण हुने लगायतको समस्या देखिने हुन्छ ।”

वरिष्ठ छाला रोग विशेषज्ञ डा अनुप बास्तोलाले बजारमा बेच्न राखेका रङहरु मुख्यतः मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रसायनिक तत्व हुने हुँदा ती रङहरुले हाम्रो स्वास्थ्यमा विभिन्न समस्या समेत हुनसक्ने बताए ।
 
“यस्ता रसायनयुक्त रङले स्वास्थ्यमा नकरात्मक असर गर्छ । यस्ता रसायनयुक्त रङको प्रयोग गर्नुभन्दा घरमै प्राकृतिक रङहरू बनाउने जस्तै बेसार, फूलको रसको प्रयोग गरेमा स्वास्थ्यमा कुनै पनि असर गदैन्”, उनले भने, “गुणस्तरहीन र रसायनको जथाभावी प्रयोगले छालामा विभिन्न समस्या देखिनेमात्र नभई भविष्यमा छालालगायतका अन्य क्यान्सरसमेत हुनसक्छ ।”
रङको प्रयोग गर्नुभन्दा एक घण्टाअघि आफ्नो छालालाई सुहाउने मोस्चराइजर क्रिम र ओलिभ ओइललगायतका क्रिमहरूको प्रयोग गरेमा छालाको समस्याबाट केही बच्न सक्ने उनको सुझाव छ ।

वरिष्ठ छाला रोग विशेषज्ञ डा अनिलकुमार झाले होलीमा प्रयोग हुने रङहरूले कोही-कोहीमा तत्कालै छालाको एलर्जी (छाला चिलाउने) छालामा फोका वा घाउ खटिरा आउने, टाउको दुख्ने, रिगंटा लाग्ने, आँखाको एलर्जी हुने, वाकवाकी लाग्ने, मुटुको चाल अनिमियत हुनेलगायतका समस्या देखिने बताए । 

“होलीको समयमा फोहोर पानीसँगै तेल र मोबिलको अत्याधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा त्यस्तो सामग्रीको प्रयोग गनुहुँदैन,” उनले भने, “माथिका कुनै पनि समस्या देखिएमा तुरुन्तै उपचारका लागि चिकित्सकोमा जानुपर्छ ।”

होलीमा प्रयोग गरिने रङबाट विशेष गरेर बालबालिका, वृद्धवृद्धा, दम रोग लागेका र छाला-रोगका बिरामीलाई बचाउनु पर्ने छाला रोग विशेषज्ञ डा श्रद्धा प्रधान बताउँछिन् । रङको प्रयोग गर्नुभन्दा अघि शरीर पुरै ढाक्ने कपडा लगाउने, कपालमा तेल लगाउने, शरिरभर लोसन तथा तोरीको तेल र अनुहारका सनब्लक क्रिमको प्रयोग गर्नाले होलीको रसायनयुक्त रङको असरबाट जोगिन सकिने उनको सुझाव छ ।

त्यस्तै बरिष्ठ आँखा रोग विशेषज्ञ डा बेन लिम्बुले कतिपयले होलीमा रङसँगै मोबिलसमेत प्रयोग गर्ने गरेका देखिन्छ । यदी आँखामा मोबिल पर्‍यो भने ‘केमिकल इन्जुरी’ गराउँछ। केमिकल इन्जुरीले आँखाको झिल्ली पातलिएर आँखा फुट्ने खतरा हुने उनले बताए। “लोलाको जथाभावी प्रयोगले आँखामा लागेर आँखा फुट्ने र जर्बजस्ती आँखामा रङ लगाइदिने गर्दा त्यसले आँखाको ज्योती नै गुम्ने सक्ने खतरा बढि हुन्छ,”उनले भने ।

आँखामा रङ पर्दा आँखा चिलाउने सुनिने र रातो हुने आदि हुन्छ । आँखामा चस्माको प्रयोग गर्ने जसले गर्दा सिधै रङ तथा रसायानहरू आँखाभित्र पस्नसक्ने अवस्थाबाट बचाउने उनको सुझाव छ ।

रसायनिक तत्व मिसिएका रङबाट आखाँ, नाक, कानलगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्‍याउनुका साथै सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढी हुने छाला रोग विशेषज्ञ अनुपा कार्कीले बताइन्। “होलीमा रङ खेलिसकेपछि कडा खालको साबुन प्रयोग गर्नुको साटो क्लिन्जिङ लोसनको प्रयोग गर्ने, केही समस्या देखापरेमा तुरून्त छालारोग विशेषज्ञलाई देखाउनुपर्छ ,”उनले सुझाव दिइन्। 

फाइल तस्बिर 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu