site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । 

धौलागिरी अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि एक सयजनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । 

अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन् ।  

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेंगीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको भनाइ छ । उनका अनुसार खोज र नष्ट गर अभियान चलाएर संक्रमण रोक्ने प्रयास जारी  छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro