site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जेट एयरको अबुधाबी उडान अनिश्चितकाललाई स्थगित, इत्तिहाद र फ्रान्स एयर झण्डै ठोक्किए 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । जेट एयरवेजले आजबाट आफ्नो अबुधाबी उडानलाई अपरेसनल कारण भन्दै अनिश्चितकालका लागि ग्राउन्डेड गरेको छ । अबुधावी जेट एयरवेजका लागि दुईमध्येको एउटा महत्वपूर्ण हब हो । अर्को स्थान डच राजधानी आम्सट्रडम हो । त्यहाँबाट ऊ युरोपसँग जोडिएको छ । जेट एयरवेज भारतको मुख्य एयरलाइन्स मध्येमा पर्दछ । 

अपरेसनल कारणले गर्दा जेट एयरवेजले मार्च १८ (आजदेखि) सबै उडान रद्द गरेको इत्तिहादको एयरपोर्ट सर्भिसले एउटा सूचनामा जनाएको छ । सो सर्भिस जेट एयरवेजको ग्राउन्ड ह्याण्डलिङ आर्मको रुपमा चिनिन्छ । यसरी उडान रद्द गर्दा अबुधाबी क्षेत्रको उडान सामान्यतया प्रभावित हुन सक्ने जनाइएको छ । 
आर्थिक अभावका कारण जेट एयरवेजले विभिन्न हिसाबले आर्थिक कोष बढाउन चाहिरहेको बताइएको छ । 
गएको मार्च ८मा जेट एयरवेजका अध्यक्ष नरेश गोयलले इत्तिहाद एयरवेजलाई पत्र पठाएर आफूलाई ७५० करोड रकम जरुरी रहेको र यो नभएमा आफ्ना ५० वटा प्लेन ग्राउण्डेड हुन सक्ने जनाएका थिए जेट एयरवेजको अहिले ८२०० करोड ऋण रहेको र १७०० करोड याही मार्च सम्ममा तिरिसक्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

झण्डै दुर्घटना

यसैबीच, काठमाडौं आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ सँग मुम्बईको आकाशमा ठोक्किनबाट मुश्किलले जोगिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
गएको शुक्रबार दिउँसो सो घटना भएको भारतको एयर ट्राफिक कन्ट्रोललाई उद्धृत गर्दै समाचारमा जनाइएको छ  । तथापि पाइलट सतर्क रहँदा कुनै दुर्घटना नभएको जनाइएको छ  ।
(पीटीआइ र अन्य एजेन्सी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC