खेल
एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलबाट बाहिरिएको छ। शनिबार भएको खेलमा इङ्लिस प्रिमियर लिग क्लब यनाइटेड वुल्भ्ससँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो।
वुल्भ्सको घरेलु मैदानमा भएको क्वाटरफाइनल खेलमा वुल्भ्ससँग २–१ गोलले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं राउल जेमिनेजले गोल गर्दै वुल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलमा निकै नै उत्कृष्ट देखिएको वुल्भ्सले खेलको ७६ मिनेटमा गोल गर्दै आफ्नो अग्रतालाई दोब्बर बनाए। वुल्भ्सका लागि डओगो जोताले गोल गरेका थिए। त्यसपछि खेलको इन्जुरी समयमा युनाईटेडका मार्कुस राष्फोर्डले एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५ ११:२१
प्रतिक्रिया दिनुहोस्