site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा ल्याइए चारवटा ब्रुमर, कहाँ चलाउने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सडकमा रहेको धुलो बढार्नका लागि काठमाडौं महानगरपालिकाले चार वटा ब्रुमर सोमबार ल्याएको छ।

गत असारमा लगाएको टेन्डरमा इटालियन कम्पनीले ठेक्का पाएका ५ मध्ये ४ वटा ब्रुमर सोमबार काठमाडौं ल्याइएका हुन्। ब्रुमर काठमाडौं आइपुगे पनि काठमाडौं महानगरपालिकाले कुन-कुन सडकमा ब्रुमर चलाउने रुटिन तयार गर्न सकेको छैन।

काठमाडौं महानगरपालिकामा रहेका ८ मिटरभन्दा कम चौडाइका सडकमात्र आफ्नो जिम्मेबारीमा रहेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बताउँछन्। काठमाडौंका भित्री
सडकमात्र ८ मिटर चौडाइका छन्। बाँकी सबै सडक ८ मिटर चौडाइभन्दा ठूला छन्।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि भिभिआइपीहरुको सवारी रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका २ वटा ब्रुमरले काठमाडौंका सडकको धुलो हटाउने गरेका थिए।

सोमबार काठमाडौं ल्याइएका यी ४ वटा र केही दिनमा पुग्‍ने एउटा गरी ५ वटा ब्रुमर महानगरपालिकाको जिम्मेवारीमा नरहेका ८ मिटरभन्दा बढी चौढाइका सडकमा कसरी सञ्चालन गर्ने भन्नेमा महानगरपालिकाले टुंगो लगाएको छैन ।

Global Ime bank

काठमाडौं महानगरपालिकाले १० करोड ८० लाख रुपैयाँमा ल्याएको ५ वटा ब्रुमरको सञ्चालनको जिम्मा महानगरपालिकाको वातावरण विभागले पाएको छ। तर ब्रुमर सञ्चालनका लागि रुट तोक्नेबारे विभागले अहिलेसम्म कुनै तयारी गरेको छैन।

“अहिले भारतबाट आएका ब्रुमर चालकले नेपाली चालकलाई ब्रुमर अप्रेटिङको तालिम दिइरहेका छन्। नेपाली ब्रुमर चालक पर्फेक्ट नभएसम्म ब्रुमरलाई सडकमा ननिकाल्न
मेयरज्यूले भन्नुभएको छ,” वातावरण विभाग प्रमुख हरि श्रेष्ठले बाह्रखरीसँग भने, “कुन सडक सरसफाईमा कुन दिन ब्रुमर चलाउने भन्नेमा अहिलेसम्म केही टुङ्गो लागेको छैन।
मेयरज्यूसँग छलफलमा बसेर ब्रुमर सञ्चालनको रुट तय गरिने हो। ब्रुमरको रुटबारे महानगर कार्यालयले अहिलेसम्म केही भनेको छैन।”
 
काठमाडौंको एयरपोर्ट-माइतीघर, जमल-महाराजगञ्ज, पुतली सडक-बालुवाटार, कलंकी-कोटेश्वर, थापाथली-त्रिपुरेश्वरबाहेक अरु सबै सडकमा खाल्डा छन्। यी बाहेक अन्य सबै सडकमा रहेका खाल्डा र मेलम्ची खानेपानी उपआयोजना-२ ले सडक खनेका कारण सडकमा कालोपत्रे छैनन्।
 
“सडकमा ब्रुमर चलाउनु भनेको फर्निचर बनाउने काठमा खाक्सी लगाएजस्तो हो। काठलाई पहिला बसिलाले तासिन्छ, त्यसपछि रन्दा चलाइन्छ त्यसपछि मात्र खाक्सी लगाइन्छ,”
पूर्वाधारविद् सुर्यराज आचार्यले भने, “अहिले काठमाडौंका सडकमा ब्रुमर चलाउनु भनेको बसिलाले तास्नुपर्ने काठमा खाक्सी लगाएजस्तो हो। कुनै सडक सद्धे छैनन्, खाल्डा छन्। कालोपत्रे उप्केका छन्। पहिला सबै सडक कालोपत्रे गरेरमात्र सडकमा ब्रुमर चलाउनु बुद्धिमानी हुन्छ।”

सहरका सबै सडक कालोपत्रे नभएसम्म एउटा सडकमा भएको धुलो, हिलो गाडीको चक्काले अर्को सडकसम्म पुर्‍याउँछ। दिनहुँ गुड्ने सयौं संख्याका गाडीले कालोपत्रे भएका सडकमा
कालोपत्रे उप्किएको सडकबाट धुलो र हिलो अदृष्य रुपमा ओसारिरहेका हुन्छन्।

“पुतली सडकलाई सफा राख्न पहिला गोकर्ण, जोरपाटीतिरको सडक कालोपत्रे गरिनुपर्छ। पुतलीसडक सफा गर्ने तर त्यहाँ गुड्ने गाडी आउने ठाउँको सडकमा हिलो र धुलो हुँदा त्यही
ठाउँको धुलो, हिलो पुतलीसडकसम्म आइपुग्ने हो,” पूर्वाधारविद् आचार्यले भने।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलका अनुसार काठमाडौं आइपुगेका ४ र केही दिनमै आइपुग्ने १ सहित ५ वटा ‘डुलेभो सिक्स थाउजेन्ड’ ब्रुमर इटालीमै पनि लेटेस्ट
मोडेल हो।

“चारवटा ब्रुमर अहिले सभागृहमा राखिएको छ। एउटा ब्रुमर वीरगन्ज भन्सारमा छ। केही दिनमै आइपुग्छ। यहाँ भएका ब्रुमरमा अहिले फिटिङको काम भइरहेको छ। रुटिन तयार
भइसकेपछि सडकमा निकाल्ने छौं,” प्रवक्ता डंगोलले भने, “फिटिङको काम सकिएपछि पहिलो टेस्टको लागि एयरपोर्टदेखि माइतीघरसम्मको सडकमा ब्रुमर चलाएर हेर्नेछौं।"


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC