site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अझै गुड्दैछन् २० वर्ष पुराना गाडी : अनुगमन गर्ने गाडी छ, कर्मचारी छैनन्

काठमाडौं । सरकारले २० वर्ष पुराना गाडी चल्‍न नदिने निर्णय गरेपनि अझै गुडिरहेका छन्। यसको अनुगमनको जिम्मा पाएको यातायात व्यवस्था विभागले २० वर्ष पुराना सवारी साधनको अनुगमन गर्न सकेको छैन। सरकारले सवारी अनुगमन गर्नका लागि विभागलाई १० सीट क्षमताको एउटा जिप दिएको छ।
 
स्रोत साधन भएर पनि विभागले २० वर्ष पुराना गाडी सञ्चालन भए-नभएको अनुगमन गर्न नसकेको हो। “दुई जना शाखा अधिकृत अहिले विभागमा रिक्त छन्। सवारी अनुगमनका लागि गाडी र चालक छन् तर आवश्यक टिम छैन,” विभागका एक निर्देशकले बाह्रखरीसँग भने, “ट्राफिक प्रहरीले चेकजाँचका क्रममा भेटेका २० वर्ष पुराना सवारी विभागले कारबाही गर्ने गरेको छ। विभागको अनुगमन टोली सडकमा निस्किन कर्मचारी छैनन्।”

सरकारले ०७४ चैत १ बाट देशभर २० वर्ष पुराना सार्वजनिक र पर्यटकका सवारी साधन सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ। काठमाडौं उपत्यकामा यसको एक वर्षअघि नै २० वर्ष पुराना भाडाका सवारी र पर्यटकका सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरेको थियो।

विभागले यस्तो व्यवस्था लागु गरे पनि विभागले सडक अनुगमन नगर्दा र उक्त व्यवस्था कार्यान्वयनका लागि सक्रियता नदेखाउँदा २० वर्ष पुराना सवारी सञ्चालन नरोकिएको हो। विभागले नीति निर्माण मात्र गर्ने र त्यसको अनुगमन ट्राफिक प्रहरीले गर्ने बताउँदै विभागले आफैंले लागु गरेको नियमको कार्यान्वयन गर्न नसकेको हो।

Prabhu Bank
Agni Group
NIC Asia

विभागको यस्तो कमजोरीलाई टेकेर यातायात व्यासायीले फलामको आयु नहुने भन्दै २० वर्ष पुराना त्यस्ता सवारी साधन चलाउन मौका छोप्ने गरेका छन्। २० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने भन्दै यातायात संघ, समितिका व्यवसायीले यातायात व्यस्था विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गुहार्ने गरेका छन्।

यातायात व्यवस्था विभाग र मन्त्रालयसँग यातायात व्यवसायीको साँठगाँठमा हाल २० वर्ष पुराना सवारी निर्वाध सञ्चालन भइरहेका छन्। उपत्यकामा २० वर्ष पुराना सवारी साधन सञ्चालनमा केही कडाइ भए पनि उपत्यकाबाहिरी जिल्लामा २० वर्ष पुराना सवारी निर्वाध चल्ने गरेका छन्।

Global Ime bank

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईका अनुसार वैशाखमा उक्त व्यवस्था लागु भएपछि ०७५ वैशाख, जेठसम्म २० वर्ष पुराना भाडाका सवारी सञ्चालन भएको बताउँछन्।

“०७४ चैतमा यो नियम लागु भएपछि एक महिना जतिमा हामीले ६ वटा २० वर्ष पुराना कालो नम्बरप्लेटका सवारी यातायात व्यवस्था कार्यालय मेचीलाई बुझायौं,” प्रहरी निरीक्षक राईले बाह्रखरीसँग भने, “त्यसपछि  चेकजाँचका क्रममा त्यस्ता सवारी भेट्टाएका छैनौं।”

२० वर्ष पुराना सवारीको चेचिसको फलाम कमजोर हुने, इन्जिनले ठिकसँग काम गर्न नसक्ने, अत्यधिक धुँवा फाल्ने हुँदा वातावरणमा प्रदुषण फैलाउने, जनस्वास्थ्यमा असर पार्ने भेटिएपछि विभागले यस्ता सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

०७२ असोज १४ मा राजपत्रमा प्रकाशित सुचनामा सवारी तथा यातायात व्यवस्था ऐन, ०४९ को दफा १६४ मा भएको यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्नसक्ने अधिकार संशोधन गरी ०७३ जेठ १ बाट   सवारी अवस्था ठिक नभएको सवारी साधन चलाएमा १ हजार ५ सयसम्म जरिवाना हुने व्यवस्था छ।

प्रहरीले सडक अनुगमनका क्रममा २० वर्ष पुराना कन्डिसन फेल भएका सवारी गुडेको भेटे पनि १ हजार ५ सय जरिवाना गरेर छोड्ने गरेका छन्। “ट्राफिक प्रहरीले चेकजाँचका क्रममा २० वर्ष पुरानो भेटेपछि यहाँ पठाउने गरेका छन्। हाम्रो कार्यालयमा आएका यस्ता सवारीको संख्या धेरै छैन,” साना, ठूला सवारी कार्यालय एकान्तकुनाका प्रमुख बसन्त पन्थीले भने, “कार्यालयमा सेवाग्राहीको चाप र अनुगमनमा निस्किने कर्मचारी अभावमा २० वर्ष पुराना सवारी सञ्चालन भए, नभएको अनुगमन गर्न समस्या छ।”


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय