site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महाशिवरात्रिमा पशुपतिको \'ग्लोरी\' र बाबाको \'ग्ल्यामर\' 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरि सोमबार देशभरका शिवालयहरुमा मनाइएको छ।

महाशिवरात्रिको बेला काठमाडाैंको पशुपतिनाथमा लाग्‍ने भिडको छुट्टै महिमा (ग्लोरी) छ। पशुपतिनाथ धेरै हिन्दूहरूका लागि जीवनमा एक पटक नपुगी नहुने तीर्थस्थल रुपमा लिइन्छ। थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्दछन्।

पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्‍ने विश्‍वास छ। विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेकाले पशुपतिनाथको पूजा र दर्शनले धेरै लाभ मिल्ने आमविश्वासले पनि यसको ग्लोरी बढेको हो। 

Prabhu Bank
Agni Group
NIC Asia

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत भएको पशुपति क्षेत्रमा महाशिवरात्रिमा अवसरमा भारतलगायत विभिन्न ठाउँबाट आउने नागा बाबाहरुले झन यसको महत्व बढाएका छन्।  नागा बाबाहरु पछिल्लो समय ग्ल्यामरको रुपमा प्रस्तुत भएका छन्। पशुपतिमा आउने भक्तजनहरुले उनीहरुसँग फोटो खिच्‍ने, रमाइलो कुरा गर्ने र उनीहरुको लिंगमा फूल अछेता चढाउनेसमेत गर्दछन्। 

भागवतानन्द आश्रम, निर्मल अखडा, गोरखनाथको नाथ अखडा, अन्नपूर्ण आश्रमलगायतका अखडामा बसेका नागा बाबाहरुसँग पैसा तिरेर सेल्फी खिच्‍नेहरुको ठूलै लाम देख्‍न सकिन्छ। पशुपति क्षेत्रमा नागा बाबा हेर्ने रमितेको पनि निकै भिड देख्‍न सकिन्छ।

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC