Skip Advt.

केन्यामा हेलिकप्टर दुर्घटना, चार पर्यटकसहित पाँच जनाको मृत्यु

केन्यामा हेलिकप्टर दुर्घटना, चार पर्यटकसहित पाँच जनाको मृत्यु

नैरोबी । केन्याको उत्तरपश्चिम क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ। हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो। 

दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन। 

टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो।  -बीबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

हेलिकोप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ।  यही फागुन १५

हेलिकोप्टर दुर्घटनामा निधन भएकाका परिवारलाई सभामुखको सान्त्वना

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुका परिवारलाई भेटी सान्त्वना व्यक्त गरेका छन्। आइतबार सभामुख महराले

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका व्यवसायी शेर्पाको आइतबार अन्त्यष्टि गरिने 

काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका व्यवसायी आङ छिरिङ शेर्पाको अन्त्यष्टि आइतबार गरिने भएको छ ।